Mero Chitwan
राष्ट्रिय खुल्ला कथा प्रतियोगिताअन्तर्गत उत्कृष्ट २५ कथाकारको सूची सार्वजनिक

चितवन–भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय खुल्ला कथा प्रतियोगिताअन्तर्गत प्राप्त भएका कथामध्येबाट उत्कृष्ट कथाकारको नामावली सार्वजनिक गरेको छ । 

प्रतिष्ठानले प्रतियोगितामा प्राप्त भएका ७२ कथामध्येबाट उत्कृष्ट २५ कथाकारको नामावली सार्वजनिक गरेको हो । 

उत्कृष्ट कथाकारमा अज्ञात युवक, अनन्त लम्साल, अनिता कोइराला, अनिता पन्थी, अमृत दाहाल, आत्माराम शर्मा, गणेशप्रसाद दंगाल, गायत्री अधिकारी, जनक कार्की, दिपिन सिजापति, दिव्य गिरी, पुण्यप्रसाद खरेल र मन्दिरा मधुश्री छन् । 

यस्तै, रमा सुवेदी, राधिका कल्पित, कविता घिमिरे, विनोदबाबु रिजाल, शोभा लामिछाने, समीप खड्का, सरला जोशी, सरोज उजाड, सीतराम कोइराला, स्वप्निल निरव, हर्षराज सुवेदी र हीरा लामा छन् । यसमध्येबाट उत्कृष्ट १० र विजयी ५ जनाको सूची पछि सार्वजनिक गरिने प्रतिष्ठानले जनाएको छ। 

katha--1709656613.jpg

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update