Mero Chitwan
विश्वभर फेसबुक डाउन

काठमाडौं- फेसबुकमा विश्वभरि नै प्रविधिक समस्या आएको छ । नेपाली समयअनुसार सोमबार बेलुका साढे ९ बजेतिरबाट फेसबुक डाउन भएको छ । फेसबुकका साथै मेसेन्जर र थ्रेड्स चलेको छैन । इन्स्टाग्राम र ह्वाट्सएपमा पनि समस्या देखिएको छ ।

मेटाअन्तर्गतका सबैमा समस्या देखिएपछि फेसबुकले प्राविधिक समस्या देखिएको भन्दै सम्भव भएसम्म छिटो समस्या समाधान गर्ने जनाएको छ । फेसबुक प्रयोगकर्ताहरुले अकाउन्ट एकाएक लगआउट भएको र त्यसपछि लगइन हुन सकेको छैन ।

फेसबुकले ट्विट गर्दै केही उपभोक्ताले फेसबुक चलाउन समस्या भएको जानकारी गराएको भन्दै यसप्रति दु:ख व्यक्त गरेको छ । यस्तो समस्या विश्वभरका प्रयोगकर्तालाई भइरहेको छ ।

फेसबुकले यथासम्भव छिटो समस्या समाधान गर्ने जनाएको छ । यससम्बन्धी एक्स (पहिले ट्विटर) सहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । फेसबुकमा आएको समस्याबारे एक्समा ट्रेन्डिङमा छ ।

*अपडेट : फेसबुक झण्डै एक घण्टा डाउन भएर खुलेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update