आइपीएल अक्सन : मिचेल स्टार्क बने अहिलेसम्मकै महंगा खेलाडी
मंगलबार, पुस ३, २०८०
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
शनिबार, मंसिर ३०, २०८०
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै छन् । आज दिउँसो १ बजे हुने खेलमा वीरगन्ज युनाइटेडले पोखरा थन्डर्सको सामना गर्दै छ । त्यसैगरी पाँच बजे हुने खेलमा चितवनले स्पोर्टिङ इलामको सामना गर्ने तालिका रहेको छ ।
नेपाल सुपर लिगमा धनगढी शीर्षस्थानमा उक्लियो
बिहीबार, मंसिर २८, २०८०
दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो । धनगढीको जितमा आफिज ओलावालेले गोल गरे ।
यू-१९ र यू-१६ महिला साफ च्याम्पियनसिपका लागि खेलाडीको खुला छनोट हुने
बिहीबार, मंसिर २८, २०८०
एन्फाले ती दुवै प्रतियोगितामा सहभागिता जनाउन खुला छनोटबाट टिम तयार गर्न लागेको हो । नेपालमा महिला फुटबलका घरेलु प्रतियोगिता लामो समयसम्म आयोजना नभएकाले उमेर समूहको टिमसमेत छैन ।
दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भारत शीर्ष स्थानमा, नेपाललाई १२ स्वर्ण
शनिबार, मंसिर १६, २०८०
नेपाल कराते महासंघको व्यवस्थापनमा आज सुरु भएको प्रतियोगितामा अहिलेसम्म १२ स्वर्ण र १३ रजतसहित कुल २५ पदक जितेर नेपाल तालिकाको दोस्रो स्थानमा छ । भारतले १५ स्वर्ण जितेको छ।
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
शनिबार, मंसिर १६, २०८०
दशरथ रंगशालामा हुने खेल दिउँसो एक बजे सुरु हुनेछ । आफ्नो दोस्रो खेल खेल्न लागेको झापा अंकविहीन छ । उसले यसअघिको खेलमा स्पोर्टिङ इलामसँग एक शून्य गोलको हार बेहोरेको थियो ।
मधेस प्रदेशले जित्यो केपी ओली कप, बागमतीका रित गौतम ‘बेस्ट ब्याट्सम्यान'
शुक्रबार, मंसिर १५, २०८०
आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेसले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पायो ।
युरोपेली च्याम्पियन्स लिगमा आर्सनल र पीएसभी अन्तिम १६ मा
बिहीबार, मंसिर १४, २०८०
आर्सनल र पीएसभी आयनहोभनले बुधबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् । म्यानचेस्टर युनाइटेड भने प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । युनाइटेडले दुई गोलले अगाडि रहेको स्थितिमा गालातासारेसँग ३–३ को बराबरी खेलेपछि बाहिरिने डर तयार भएको हो ।
हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता सुरु
बिहीबार, मंसिर १४, २०८०
मकवानपुरको हेटौंडामा अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको हो ।
एनएसएलमा आज धनगढीले बुटवलको सामना गर्दै
बिहीबार, मंसिर १४, २०८०
काठमाडौंको दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगमा अहिले दोस्रो चरणका खेलहरु भइरहेका छन् । दोस्रो चरणको खेल अन्तर्गत आज साँझ साढे ५ बजे हुने खेलमा धनगढी एफसीले बुटवल लुम्बिनीको सामना गर्नेछ ।
यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा
बुधबार, मंसिर १३, २०८०
एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट प्रशिक्षक जगत टमाटाले तीन खेलाडी परिवर्तन गरेका छन् । गुल्सन झासँगै ब्याटर विपिन रावल र स्पिनर तिलकराज भण्डारी टिममा समावेश भएका छन् ।


