Mero Chitwan
यू-१९ र यू-१६ महिला साफ च्याम्पियनसिपका लागि खेलाडीको खुला छनोट हुने

काठमाडौ-अखिल नेपाल फुटबल संघ- एन्फाले अन्डर नाइन्टिन र अन्डर सिक्सिटन महिला साफ च्याम्पियनसिपका लागि खुला छनोटबाटै खेलाडी छनोट गर्ने भएको छ । 

एन्फाले हिजो सूचना जारी गर्दै साफका लागि खुला छनोटबाट उमेर समूहको टिम बनाउने जानकारी दिएको हो । आगामी माघ १८ गतेदेखि २८ गतेसम्म अन्डर नाइन्टिन साफ आयोजना हुँदै छ । त्यसैगरी फागुन १८ गतेदेखि २८ गतेसम्म अन्डर सिक्सटिन महिला साफ हुँदै छ । 

एन्फाले ती दुवै प्रतियोगितामा सहभागिता जनाउन खुला छनोटबाट टिम तयार गर्न लागेको हो । नेपालमा महिला फुटबलका घरेलु प्रतियोगिता लामो समयसम्म आयोजना नभएकाले उमेर समूहको टिमसमेत छैन । 

अब जिल्ला छनोट प्रक्रिया पुस १ गतेदेखि र प्रदेश छनोट पुस ७ देखि सुरु हुने एन्फाले जनाएको छ । सात प्रदेशले सिफारिस गरेका खेलाडी केन्द्रीय छनोटमा सहभागी हुने छन् ।

anfa-1702517175.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update