‘हात्तीछाप’ र ‘दयारानी’ को एकसाथ प्रदर्शन : दयाहाङको दयाहाङसँगै टक्कर !
शुक्रबार, माघ २६, २०८०
नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी
शुक्रबार, माघ २६, २०८०
राष्ट्रिय चिया तथा कफी बोर्डको आयोजनामा नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ गरिएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने लक्ष्य लिइएको छ
आजदेखि सुरु भयो इ-भिसा, के हो यो प्रणाली ?
शुक्रबार, माघ २६, २०८०
अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानी सुरु गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे
इतिहासमा आज : भारतको कोलकाता ब्रिटिश कब्जामा
शुक्रबार, माघ २६, २०८०
आज फेब्रुअरी ९ । आजका दिन विश्वभर के–के घटना भएका थिए ?
त्रिविको उपकुलपतिमा आवेदन दिएकामध्ये १४ जना सर्ट लिस्टमा [नामसहित]
शुक्रबार, माघ २६, २०८०
त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे समिति गठन गरेका थिए। हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई...
बाँसबारीको जग्गा सरकारका नाममा ल्याउन मालपोतले जारी गर्यो २१ दिने सूचना
बिहीबार, माघ २५, २०८०
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ । फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष संजय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन मालपोत कार्यालयले निर्देशन दिएको हो ।
हुलाक सेवाका १६ सय ३६ दरबन्दी खारेज गर्ने सरकारको निर्णय
बिहीबार, माघ २५, २०८०
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिवर्तन गरी एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको पनि जनाइन् ।
फागुन पहिलो साता पोखरामा ‘नेपाल साहित्य महोत्सव’
बिहीबार, माघ २५, २०८०
एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आगामी फागुन ३ देखि ७ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ । बुकर्वम फाउन्डेसनको आयोजना, पोखरा महानगरपालिकाको प्रवर्द्धन र सूर्य नेपाल गाथाको सहयोगमा महोत्सव हुन लागेको हो ।
क्यानडासँगको पहिलो ओडीआई म्याचमा नेपालको ऐतिहासिक जित
बिहीबार, माघ २५, २०८०
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्यानडा सामु २ सय २५ रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो । तर, क्यानाडाले ४७ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन मात्र बनाउन सक्यो ।
भरतपुरमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
बिहीबार, माघ २५, २०८०
वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ ।
भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
बिहीबार, माघ २५, २०८०
माडी भिलेज रिसोर्टमा आज आयोजित समारोहबीच दुवै नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
बच्चा जन्माउनेलाई लाखौं बाँड्दै एउटा कम्पनी
बिहीबार, माघ २५, २०८०
घट्दो जन्मदर सुधार गर्न दक्षिण कोरियाको एक निर्माण कम्पनीले आफ्ना कर्मचारीलाई सन्तान जन्माउन प्रोत्साहन गर्न प्रतिबच्चा ७५ हजार डलर (नेपाली रुपैयाँ ९९ लाख २९ हजार बराबर) दिने घोषणा गरेको छ ।


