क्यानडासँगको पहिलो ओडीआई म्याचमा नेपालको ऐतिहासिक जित

काठमाडौं । नेपालले क्यानडाविरुद्धको पहिलो ओडीआई म्याच ७ रनले जितेको छ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्यानडा सामु २ सय २५ रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो । तर, क्यानाडाले ४७ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए । नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन प्रहार गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८० १७:०१
प्रतिक्रिया दिनुहोस्