Mero Chitwan
इतिहासमा आज : भारतको कोलकाता ब्रिटिश कब्जामा

काठमाडौं–आज फेब्रुअरी ९ । आजका दिन विश्वभर के–के घटना भएका थिए ?

१७५७ : ब्रिटिश एजेन्ट रबर्ट क्लिभले गरेको अलिनगर सन्धिमार्फत् आजैका दिन भारतको कलकत्ता (हालको कोलकाता) बेलायती उपनिवेशका रुपमा पुनस्थापित भएको थियो । बंगालका नबाब सिराज उद दावलाहले १७५६ मा कलकत्तालाई कब्जा गरेका थिए । तर, अफगान आक्रमणबाट बचाउन उनले इस्ट इण्डिया कम्पनीसँग अलिनगर सन्धि गरे, जसमार्फत् कलकत्ता पुनः ब्रिटिश अधिनमा गएको थियो । 

१९२३ : सोभियत एरोफ्लोट एयरलाइन्स स्थापना । 

१९४३ : जापानमाथि अमेरिकी गठबन्धनको विजयसँगै ग्वाडालक्यानलको युद्ध समाप्त भएको थियो । 

१९६२ :  जमैकाले स्वतन्त्रतासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्‍यो । 

१९६९ : बोइङ ७४७ जम्बो जेटको पहिलो परीक्षण उडान ।

१९७३ : बोइङ ७२७ जेटको पहिलो परीक्षण उडान सम्पन्न ।

१९८५ : गायिका म्याडोनाको लाइक अ भर्जिन एल्बम तेस्रो हप्तामा पनि लगातार पहिलो नम्बरमा पर्न सफल ।

१९९४ : इजरायली विदेशमन्त्री सिमोन पेरेजले प्यालेस्टिनी नेता यासेर आराफातसँग शान्ति सम्झौतामा हस्ताक्षर गरे । 

२०२१ : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको दोस्रो महाअभियोग प्रस्तावको सुनुवाइ सुरु । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update