Mero Chitwan
बाँसबारीको जग्गा सरकारका नाममा ल्याउन मालपोतले जारी गर्‍यो २१ दिने सूचना

काठमाडौँ - भूमिसुधार तथा मालपोत कार्यालय  डिल्लीबजारले  बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ । फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष संजय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन मालपोत कार्यालयले निर्देशन दिएको हो ।

चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो । यसका अध्यक्ष अरुण चौधरी, चाँदबागका ठाकुर र बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिना प्रकरण मै पक्राउ परेका थिए । उनीहरू बुधबार हाजिरी जमानीमा छुटेका छन् । तर सिआईबीले भने किर्ते र ठगीमा अनुसन्धान जारी राखेको छ ।

यही क्रममा मालपोतले हडपेको जग्गा फर्काउने प्रक्रिया थालेको हो । मालपोतले प्रतिवादीलाई २१ दिनभित्र उपस्थित नभए कानुन अनुसार कानुन जग्गा सरकारका नाममा ल्याउन स्वतः प्रक्रिया अघि बढ्ने स्पष्ट गरेको छ ।

malpot-1707406498.jpg

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update