Mero Chitwan
बारामा गोली प्रहारबाट क्याम्पस प्रमुखको हत्या

चितवन-बारामा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरिएको छ । अज्ञात समूहले गोली प्रहार गरी रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहको हत्या गरको हो । 

शुक्रबार साँझ करिब साढे ५ बजे बाराको आदर्श कोतवाल गाउँपालिका ३ मा कुशवाहामाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो ।  सोही गाउँपालिका २, खजुरियाका बासिन्दा कुशवाह गोली प्रहाबाट सख्त घाइते भएकोमा वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालमै उनको उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरीले जनाएको छ । 

 घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update