Mero Chitwan
चितवन उद्योग वाणिज्य संघ चुनाव : कस–कसले दर्ता गराए मनोनयन
चितवन उद्योग वाणिज्य संघ चुनाव : कस–कसले दर्ता गराए मनोनयन अध्यक्षमा शिरिष पन्त र सुमनकुमार श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा चिरन्जीवी सुवेदी र राजन पिया, उपाध्यक्ष (उद्योगतर्फ) अशोक अधिकारी र थिरप्रसाद धिताल, उपाध्यक्ष (वाणिज्यतर्फ) राजेन्द्र ओली र रजनी मास्केले मनोनयन दर्ता गराएका छन् । 
भरतपुर महानगरले दियो २८ जना नगर प्रहरीलाई दर्ज्यानी चिह्न
भरतपुर महानगरले दियो २८ जना नगर प्रहरीलाई दर्ज्यानी चिह्न  भरतपुर महानगरपालिकाले नगर प्रहरी नायव उपरीक्षकसहित २८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । सोमबार एक कार्यक्रमका बीच २८ नगर प्रहरीलाई संयुक्त रुपमा दर्ज्यानी प्रदान गरिएको हो। 
इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव, पर्यटकले बोटमै चढेर सुन्तला खान पाउने
इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव, पर्यटकले बोटमै चढेर सुन्तला खान पाउने गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको उल्लेख गर्दै उनले महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरेको बताए। 
अंग्रेजी नयाँ वर्ष मनाउन सौराहामा पर्यटकको घुइँचो
अंग्रेजी नयाँ वर्ष मनाउन सौराहामा पर्यटकको घुइँचो चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ
एक वर्षमा के गरे भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले 
एक वर्षमा के गरे भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले  नियुक्तिको एक वर्ष पूरा भएको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले अस्पतालको भौतिक पूर्वाधार विकासदेखि उपचार सेवासम्म बिस्तार गरिएको बतााए । अस्पतालले हाल दैनिक ३ हजारको हाराहारीमा बिरामीलाई सेवा दिँदै आएको छ भने ११ सय २५ कर्मचारी कार्यरत छन्।
नारायणीमा नयाँ पुलको काम सुरु
नारायणीमा नयाँ पुलको काम सुरु पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्छ । पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ । उक्त कम्पनीलाई रु. एक अर्ब ६८ करोड ७६ लाखमा नक्साङ्कन सहितको निर्माणको ठेक्का दिईएको हो ।
सौराहामा हात्तीको वनभोज [फोटो फिचर]
सौराहामा हात्तीको वनभोज [फोटो फिचर] सौराहामा जारी ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’को चौथो दिन आज हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा व्यक्तिगत हात्तीहरूलाई विभिन्न फलफूलसहित खिर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।
रत्ननगर महोत्सव पुस २६ गतेदेखि
रत्ननगर महोत्सव पुस २६ गतेदेखि रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवको तयारीका बारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । महोत्सवमा यस वर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । 
चितवन हात्ती महोत्सवअन्तर्गतको डुंगा दौडमा खैरहनी नगरपालिका उत्कृष्ट
चितवन हात्ती महोत्सवअन्तर्गतको डुंगा दौडमा खैरहनी नगरपालिका उत्कृष्ट चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज भएको डुंगादौड  प्रतियोगितामा खैरहनी नगरपालिका उत्कृष्ट भएको छ। चितवनका सात वटा स्थानीय तहले भाग लिएको प्रतियोगितामा रत्ननगर नगरपालिका दोस्रा  र माडी नगरपालिका तेस्रा भए ।
हात्तीसुन्दरीको उपाधि 'सेल्फीकली' लाई
हात्तीसुन्दरीको उपाधि 'सेल्फीकली' लाई सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० अन्तर्गत हात्ती सुन्दरीको उपाधि 'सेल्फीकली' ले जितेको छ । प्रतियोगितामा सहभागी छ वटा हात्ती सहभागी रहेकोमा १७ वर्षको सेल्फीकलीले उपाधि जित्न सफल भएको हो ।
हात्ती सुन्दरी प्रतियोगितामा सात हात्तीको प्रतिष्पर्धा
हात्ती सुन्दरी प्रतियोगितामा सात हात्तीको प्रतिष्पर्धा चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्ती सहभागी भएका छन्
नारायणगढ–बुटवल सडकखण्डको १८ किलोमिटर कालोपत्र
नारायणगढ–बुटवल सडकखण्डको १८ किलोमिटर कालोपत्र राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।
Weather Update