Mero Chitwan
चितवन हात्ती महोत्सवअन्तर्गतको डुंगा दौडमा खैरहनी नगरपालिका उत्कृष्ट

चितवन-चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज भएको डुंगादौड  प्रतियोगितामा खैरहनी नगरपालिका उत्कृष्ट भएको छ। चितवनका सात वटा स्थानीय तहले भाग लिएको प्रतियोगितामा रत्ननगर नगरपालिका दोस्रा  र माडी नगरपालिका तेस्रा भए ।

सौराहास्थित राप्ती नदीको एक हजार ५०० मिटरमा डुंगादौड प्रतियोगिता गरिएको हो । निर्धारित दुरी १२ मिनेट ४५ सेकेण्डमा पार गरी होमबहादुर कुमालले चलाएको डुंगा प्रथम, १२ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पार गरी आइते तामाङले चलाएको डुंगा दोस्रा र १२ मिनेट ४७ सेकेण्डमा निर्धारित दुरी पार गरी दीपक बोटेले चलाएको डुंगा तेस्रो हुन सफल भएको हो। विजयीलाई महोत्सव समापन समारोहमा शिल्ड र नगद पुरस्कार प्रदान गरिने छ । महोत्सवअन्तर्गत बुधबार भएको हात्ती सुन्दरी प्रतियोगितामा सेल्फी कलीले हात्ती सुन्दरीको उपाधि जितेको थियो । 

 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update