जनताको चाहनाले मात्र विकास सम्भव भएको हो : प्रमुख दाहाल
शनिबार, पुस २१, २०८०
नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै दाहालले यस्तो बताएकी हुन् । जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उनले बताइन् ।
गैँडाको आक्रमणबाट भरतपुरका पूर्ण बोटेको मृत्यु
शनिबार, पुस २१, २०८०
गैँडाको आक्रमणमा परी भरतपुर महानगरपालिका वडा नंं. २३ मा एक जनाको मृत्यु भएको छ । भरतपुर–२३ स्थित घैलाघारी मध्यवर्ती सामुदायिक वनमा पूर्ण बोटेको ज्यान गएको हो ।
थारू संस्कृति जोगाउनका लागि नवौं खिचरा महोत्सव,पुस २८ गते उद्घाटन
शनिबार, पुस २१, २०८०
थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ
उद्योग वाणिज्य संघ चितवन चुनाव : यस्ता छन् अध्यक्षका उम्मेदवार पन्तका वाचा
शुक्रबार, पुस २०, २०८०
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षका उमेदवार शिरिष पन्तले आफूले व्यवसायीहरूको सुरक्षामा जोड दिने बताएका छन्। आफ्ना एजेन्डा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले संघमा आबद्ध व्यवसायीको सुरक्षाका लागि बिमा गर्ने प्रतिबद्धता जनाएका हुन्।
भरतपुरको चौकीडाँडा र कविलासडाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने
शुक्रबार, पुस २०, २०८०
पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानका रुपमा लिइएको भरतपुरमा अब दुई स्थानबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ
भरतपुर भ्रमण वर्षको उदघाटन फागुन १८ मा
शुक्रबार, पुस २०, २०८०
भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ अर्थात् मार्च १ तारिखमा हुने भएको छ
उद्योग वाणिज्य संघ चितवन चुनाव : के छन् अध्यक्षका दुवै उम्मेदवारका एजेन्डा ?
शुक्रबार, पुस २०, २०८०
यही पुस २३ गते हुने उद्योग वाणिज्य संघको चुनावका लागि उम्मेवारी दिएका शिरिस पन्तले आफ्ना एजेन्डा सार्वजनिक गरेका छन्। उनले आज बिहान पत्रकार सम्मेलन गर्दै एजेन्डा सार्वजनिक गरेका हुन् । अध्यक्षका अर्का उम्मेदवार सुमनकुमार श्रेष्ठ समूहले भने यसअघि नै आफ्ना एजेन्डा सार्वजनिक गरिसकेका छन्।
रत्ननगर महोत्सव : कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइने
शुक्रबार, पुस २०, २०८०
दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक गिरीले जानकारी...
भरतपुरको बयरघारीमा ध्रुवे हात्तीको आतंक, चार घर भत्कायो
शुक्रबार, पुस २०, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । हात्तीले हिजो बस्तीमा पसेर चार घर भत्काइदिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए।
देवघाटमा मोटरबोट सञ्चालन
बिहीबार, पुस १९, २०८०
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्रवर्द्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो । बोटे बोरा मोटरबोट प्रालिले दुई सातादेखि मोटरबोट सञ्चालनमा ल्याएको सञ्चालक विभिषण शर्माले जानकारी दिए ।
नारायणीमा तटबन्धको काम रोकियो, स्थानीय त्रासमा
बिहीबार, पुस १९, २०८०
नारायणी नदीमा तटबन्ध निर्माण थालिएसँगै स्थानीयवासीमा बाढीको भयबाट मुक्त हुने आशा पलाएको थियो । बोलपत्र आह्वान गरेर काम थालिएसँगै बजेट अभावका कारण रोकिँदा गत वर्ष बनेका संरचनासमेत बगाउने चिन्ता उनीहरूमा बढेको हो ।
पश्चिम चितवन गाजरखेतीको ‘हब’
बिहीबार, पुस १९, २०८०
प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा रु १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गरेका हुन्।

