नारायणगढ–मुग्लिन सडक पुस ७ देखि दैनिक चार घण्टा बन्द हुने
आइतबार, पुस १, २०८०
भरतपुर भ्रमण वर्षको तयारी पूरा, नारायणी किनारबाट शुभारम्भ हुने
शनिबार, मंसिर ३०, २०८०
प्रमुख दाहालका अनुसार ५० भन्दा बढी स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका कार्यक्रम गरिँदै छन् । कसराबाट मेघौलीको गोलाघाटसम्म ‘इन्टरनेसनल ह्यारिटेज म्याराथुन’, इन्टरनेसनल जङ्गल सफारी मार्ट, अन्तरराष्ट्रिय साहित्य सम्मेलनलगायत कार्यक्रम गर्ने योजना छ ।
चितवनमा पुस १० देखि हात्ती तथा पर्यटन महोत्सव
शुक्रबार, मंसिर २९, २०८०
महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिने छ । चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया, स्थानीय वेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गरिने आयोजकले जनाएका छन् ।
पूर्वी चितवनको विद्यालयस्तरीय कविता प्रतियोगितामा अर्बिटकी रोशनी श्रेष्ठ उत्कृष्ट
शुक्रबार, मंसिर २९, २०८०
कालीगण्डकी साहित्य परिषद्ले आयोजना गरेको प्रतियोगितामा पूर्वी चितवनका केही सामुदायीक र निजी विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए ।
चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी
शुक्रबार, मंसिर २९, २०८०
अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव
बिहीबार, मंसिर २८, २०८०
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले निकुञ्जमा आदेश दिने कर्मचारी रहेको तर कार्यक्षेत्रमा खटिने कर्मचारीको दरबन्दीको तुलनामा कम भएकाले काममा कठिनाइ आएको बताए । हात्ती, गोही, निकुञ्ज सुरक्षा, मानव वन्यजन्तुद्वन्द्व व्यवस्थापन लगायतका काम प्रत्यक्ष रुपमा फिल्डमा खटिएर गर्नुपर्छ ।
ध्रुवे हात्तीलाई रेडियोकलर जडान
मंगलबार, मंसिर २६, २०८०
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान गरेको छ । हात्तीलाई निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा डार्ट गरी रेडियोकलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ । रेडियो कलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने उनले बताए ।
दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी
मंगलबार, मंसिर १९, २०८०
हिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या बढाउने अभियानमा लागेको चितवन गाइड एशोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं संरक्षणकर्मी मनिष लिम्बूले जानकारीदिनुभयो । उहाँका अनुसार दिव्यनगर क्षेत्रका खेतबारीमा विश्वका दुर्लभ चरा देख्न सकिन्छ ।
नारायणगढ–मुग्लिन सडक : तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी
सोमबार, मंसिर १८, २०८०
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (तीन नम्बर) पुल भएको ठाउँमा नयाँ पुल बनाउन विस्फोट गर्ने तयारी गरिएको छ । भित्तोतर्फ पुल बनाउनका लागि डाँडा भत्काउनुपर्ने भएकाले विस्फोट गर्न लागिएको हो ।
चितवनमा पढ्दै पढाउँदै
आइतबार, मंसिर १७, २०८०
कक्षा १२ उत्तीर्ण गरेकाहरुले बालविकास, प्राथमिक र आधारभूत तहमा एवं स्नातक गरेकाले माध्यामिक तहमा पढाउन पाउँछन् । बालविकासका स्वयंसेवक शिक्षकका लागि रु १० हजार त
भरतपुर अस्पतालमा थपियो आइसीयूको शय्या
शनिबार, मंसिर १६, २०८०
भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो ।
इच्छाकामना म्याराथनमा गोरखाका श्रेष्ठ प्रथम
शुक्रबार, मंसिर १५, २०८०
इच्छाकामना म्याराथनमा गोरखाका सञ्जय श्रेष्ठ प्रथम भएका छन् । चितवनको इच्छाकामना मन्दिरमा आज लाग्ने ठूलो पञ्चमी मेलाको अवसरमा आयोजना गरिएको म्याराथनमा श्रेष्ठले एक घण्टा १४ मिनेटमा १३ किलोमिटर दुरी पार गरे।
खागको तस्करी आरोपमा पक्राउ परेका आठ सार्वजनिक
बिहीबार, मंसिर १४, २०८०
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।


