Mero Chitwan
चितवन उद्योग वाणिज्य संघ चुनाव : कस–कसले दर्ता गराए मनोनयन

भरतपुर–चितवन उद्योग वाणिज्य संघको यही पुस २३ गते हुने ५७ औं वार्षिक साधारणसभामार्फत् नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।  

अध्यक्षमा शिरिष पन्त र सुमनकुमार श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा चिरन्जीवी सुवेदी र राजन पिया, उपाध्यक्ष (उद्योगतर्फ) अशोक अधिकारी र थिरप्रसाद धिताल, उपाध्यक्ष (वाणिज्यतर्फ) राजेन्द्र ओली र रजनी मास्केले मनोनयन दर्ता गराएका छन् । 

यस्तै, उपाध्यक्ष कर्पोरेट वस्तुगततर्फ जनक पौडेल र नारायण प्रधान, कार्यसमिति सदस्य महिलातर्फ अमिता तिमिल्सिना, योगिता पिया, कार्यसमिति सदस्य क्षेत्रीय संघतर्फ मणिरत्न शाक्य, कार्यसमिति सदस्य कर्पोरेटतर्फ अमित कौडेल, डा जिवनकुमार श्रेष्ठ, राजकुमार कानु, कार्यसमिति सदस्य उद्योगतर्फ अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी, विज्ञानलाल श्रेष्ठ, महेश लामिछाने,  रुद्र सुबेदी, लिलाबहादुर क्षेत्री, शंकर अधिकारी, हिम्मत पुरी, हेमराज सिग्देल, कार्यसमिति सदस्य वस्तुगततर्फ आरती गोपालमूर्ती शाह, दिपक काफ्ले, नवराज सुवेदी, नरेश खनाल, विष्णु लम्साल, शंकर प्रसाद घिमिरे, कार्यसमिति सदस्य बाणिज्यतर्फ कृष्णबहादुर केसी, गुणराज पौडेल, दाताराम घिमिरे, दिपा शाही, सन्तोष जनक भुषाल,  सुनिता लिगल कर्माचार्य र श्रीकृष्ण लम्सालले मनोनयन दर्ता गराएका छन् । 

संघको अधिवेशनमा तीन हजार एक व्यवसायीहरुले नेतृत्व चयनका लागि मतदान गर्नेछन् । संघका तीनहजार सातसय बढी सदस्यहरु छन् । 

 

 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update