रत्ननगर महोत्सव : कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइने
शुक्रबार, पुस २०, २०८०
भरतपुरको बयरघारीमा ध्रुवे हात्तीको आतंक, चार घर भत्कायो
शुक्रबार, पुस २०, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । हात्तीले हिजो बस्तीमा पसेर चार घर भत्काइदिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए।
देवघाटमा मोटरबोट सञ्चालन
बिहीबार, पुस १९, २०८०
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्रवर्द्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो । बोटे बोरा मोटरबोट प्रालिले दुई सातादेखि मोटरबोट सञ्चालनमा ल्याएको सञ्चालक विभिषण शर्माले जानकारी दिए ।
नारायणीमा तटबन्धको काम रोकियो, स्थानीय त्रासमा
बिहीबार, पुस १९, २०८०
नारायणी नदीमा तटबन्ध निर्माण थालिएसँगै स्थानीयवासीमा बाढीको भयबाट मुक्त हुने आशा पलाएको थियो । बोलपत्र आह्वान गरेर काम थालिएसँगै बजेट अभावका कारण रोकिँदा गत वर्ष बनेका संरचनासमेत बगाउने चिन्ता उनीहरूमा बढेको हो ।
पश्चिम चितवन गाजरखेतीको ‘हब’
बिहीबार, पुस १९, २०८०
प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा रु १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गरेका हुन्।
भरतपुर–देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको सञ्चालनको अन्तिम चरणमा
बुधबार, पुस १८, २०८०
देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनमा आउन लागेको हो । विसं २०७१ कात्तिकमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको थियो ।
भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्मका रुख र पोल रंग्याइने
बुधबार, पुस १८, २०८०
भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने भएको छ
रिभरगाइडको दैनिक पारिश्रमिक रु तीन हजार हुनुपर्ने माग
बुधबार, पुस १८, २०८०
जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन्
नारायणी र राप्तीमा नदीमा भेटिए २६५ गोही र ३ डल्फिन
मंगलबार, पुस १७, २०८०
घडियाल अनुगमनमा काठ र रबरको डुङ्गा, जिपिएस, क्यामरा, बाइनाकुलरलगायतका सामग्री प्रयोग भएका थिए । अनुगमनका क्रममा तीन वटा डल्फिनसमेत ‘रेकर्ड’ गरिएको तिवारीले जानकारी दिनुभयो । यहाँका दुई नदीमा भाले गोहीको अभाव भएपछि विसं २०७४ को पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छोडिएको थियो ।
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सघाउन श्रीलंकाको चासो
मंगलबार, पुस १७, २०८०
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाबीच शिष्टाचार भेटवार्ता भएको छ
पोल्ट्री दिवसका अवसरमा ‘चिकेन एण्ड एग फेस्टिवल’
मंगलबार, पुस १७, २०८०
एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो ।
रैथाने फुड फेस्टिबलमा आज प्रवेश निःशुल्क,हाँस्य कलाकार सुवोध गौतम, कलाकार प्रजापती पराजुलीलगायतका कलाकारहरु आउने
मंगलबार, पुस १७, २०८०
होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको आज चौँथो दिन हाँस्य कलाकार सुवोध गौतम, कलाकार प्रजापती पराजुलीलगायतका कलाकारहरु आउने भएका छन् ।


