Mero Chitwan
सफ्टनेपले लन्च गर्‍यो स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो'

काठमाडौं । नेपाली प्रविधि कम्पनी सफ्टनेपले आफ्नो परम्परागत सफ्टवेयर निर्माण व्यवसायलाई विस्तार गर्दै खेलकुद क्षेत्रमा प्रवेश गरेको छ। प्रविधि र खेलकुदलाई जोड्ने उद्देश्यका साथ कम्पनीले सर्वसाधारण लक्षित स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' को औपचारिक लन्च गरेको हो।

लामो समयदेखि विभिन्न व्यवसाय, मिडिया संस्था तथा अन्य निकायहरूका लागि वेबसाइट, डिजिटल पूर्वाधार र सफ्टवेयर बनाउँदै आएको सफ्टनेपले पहिलोपटक आफैं उपभोक्ता-लक्षित डिजिटल प्रोडक्ट निर्माण गरेको हो। प्रविधिलाई केवल एक साधनका रूपमा लिँदै कम्पनीले प्रविधिसँगै धेरै भावना जोडिएको खेलकुद क्षेत्र रोजेको जनाएको छ। 

खेलरो' मा प्रयोगकर्ताहरूले आगामी खेलहरू, नतिजा र खेलाडीहरूको प्रदर्शनको अनुमान गर्न सक्छन्। गेमवीक' तथा सिजनभर चल्ने प्रतियोगिताहरू मार्फत अन्य सहभागीहरूसँग प्रतिस्पर्धा गर्न पाउँछन्। लरोको पहिलो ठूलो क्याम्पेन इङ्ग्लिश प्रिमियर लिग वरिपरी केन्द्रित छ। सहभागीहरूका लागि खेलरोले आकर्षक पुरस्कारहरूको घोषणा गरेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  २३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update