चितवनमा एक सिंगे गैंडा मृत फेला
सोमबार, माघ २२, २०८०
सौराहामा बिजुलीको पोल नै क्षतिग्रस्त हुने गरेर भएको दुर्घटनामा दुईजना घाइते
सोमबार, माघ २२, २०८०
सडक आडको बिजुलीको पोल र ट्रान्समिटर नै क्षतिग्रस्त हुने गरेर चितवनको पर्यटकीय क्षेत्र सौराहामा आइतबार मध्यरातमा भएको दुर्घटनामा दुईजना घाइते भएका छन्
रोटरी क्लब अफ रत्ननगरले पर्यटन प्रवर्द्धनका लागि ‘मिनी म्याराथन’ गर्ने
सोमबार, माघ २२, २०८०
आयोजक संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी म्याराथन महिला र पुरुष गरी दुई समूहमा गर्न लागिएको जनाएको हो । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथन दौड आयोजना गर्न लागिएको हो ।
भरतपुरलाई आइटी हब बनाउने गुरुयोजना बन्दै, प्रमुख दाहाल भन्छिन्– अबको लक्ष्य डिजिटल भरतपुर
आइतबार, माघ २१, २०८०
भरतपुरलाई आइटी हबको रुपमा विकास गर्न महानगर र युएसएआइडीबीच गत कात्तिक १७ गते द्विपक्षीय सम्झौता भएको थियो । सोही सम्झौताअनुसार युएसएआइडीले विश्वकै उत्कृष्ट चारमध्येको एक डिलोइट्टेलाई कन्सल्टेन्ट नियुक्त गरेको थियो । सोही कन्सल्टेन्टसँग महानगर प्रमुखले भर्चुअल अन्तर्क्रिया गरेकी हुन् ।
माडीबाट नाका खुलाउन महामन्त्रीको ध्यानाकर्षण
आइतबार, माघ २१, २०८०
माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन्
चितवनको फिस्लिङमा जिप दुर्घटना हुदा एकको अवस्था गम्भीर ,११ जना घाइते
शनिबार, माघ २०, २०८०
चितवनको इच्छाकामना–३ फिस्लिङमा जिप दुर्घटना हुदा ११ जना घाइते भएका छन् । फिस्लिङबाट कुरिनटार तर्फ जाँदै गरेको प्र ३ ०१०२३ च ३८२ नम्बरको हाइलेक्स जिप अचानक पल्टँदा सो दुर्घटना भएको हो
प्रणय दिवसको अवसर पारेर सौराहामा फुड फेस्टिभल आयोजना गरिँदै
शनिबार, माघ २०, २०८०
रेष्टुरेण्ट एण्ड बार एशोसिशन नेपाल (रेवान) ले यही माघ २८ गतेदेखि सौराहा फुड फेस्टिभल गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा रेवानले प्रणय दिवसको अवसरमा पर्यटकीय नगरी सौराहामा ‘१८औँ सौराहा फुड फेस्टिभल’ आयोजना गर्न लागेको जनाएको हो ।
नारायणी किनारमा चिया प्रदर्शनी गरिने
शनिबार, माघ २०, २०८०
चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो ।
सिमसार दिवसमा बिसहजारी तालको सरसफाइ
शुक्रबार, माघ १९, २०८०
सो अवसरमा तालमा जलकुम्भी फाल्ने, वरपर सफाईदेखि फोहोरसमेत व्यवस्थापन गरिएको निकुञ्जका सरक्षण अधिकृत एवम् बिसहजारी ताल संरक्षण समितिका अध्यक्ष गणेशप्रसाद तिवारीले जानकारी दिए ।
सहारा सहकारीका पीडितलाई १५ दिन भित्र उजुरी दिन चितवन प्रहरीको आग्रह
शुक्रबार, माघ १९, २०८०
जिल्ला प्रहरी कार्यालय चितवनले सहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई १५ दिनभित्र उजुरी दिन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले एक सूचना जारी गर्दै उजुरी दिन अनुरोध गरेको हो ।
भरतपुर विमानस्थल बिस्तारको बाटो खुल्यो, अब ठूला जहाज अवतरण गर्न सक्ने
शुक्रबार, माघ १९, २०८०
सरकारले चितवनको भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोरमा सार्न सैद्धान्तिक सहमति दिएको छ । योसँगै भरतपुर विमानस्थल बिस्तारका लागि बाटो खुलेको छ ।
नारायणगढ–मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने
शुक्रबार, माघ १९, २०८०
नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो ।
८ वर्षमा पनि सकिएन भरतपुरको बाइपास सडक
बिहीबार, माघ १८, २०८०
पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको आठ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक आठ वर्षमा पनि सम्पन्न हुन नसकेको हो ।


