Mero Chitwan
सौराहामा बिजुलीको पोल  नै क्षतिग्रस्त हुने गरेर भएको दुर्घटनामा दुईजना घाइते

चितवन : सडक आडको बिजुलीको पोल र ट्रान्समिटर नै क्षतिग्रस्त हुने गरेर चितवनको पर्यटकीय क्षेत्र सौराहामा आइतबार मध्यरातमा भएको दुर्घटनामा दुईजना घाइते भएका छन् । गाडीका चालक फरार रहेको र घाइतेको अवस्था मध्यम रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ९डिएसपी० श्रीराम भण्डारीले जानकारी दिएका छन् । गएराति १२ बजेर २० मिनेट जाँदा उक्त दुर्घटना भएको थियो ।

सौराहामा डेढ महिनाअघि पनि यसरी नै कार गएर बिजुलीको पोलमा ठोक्किँदा ट्रान्समिटरमा क्षति पुगेको थियो । गएराति बीएसी ९००६ नम्बरको हाइलक्स गाडी अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा गाडीमा रहेका नवलपुर गैंडाकोट–१३ का २७ वर्षीय विपिन पराजुली र चितवन भरतपुर महानगरपालिका–१९ का २२ वर्षीय मनिष लामा घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

डिएसपी भण्डारीका अनुसार चालक फरार छन् । घाइतेहरुले पनि मादक पदार्थ खाएको उनले बताए । उनीहरुको अवस्था मधयम रहेको छ । घाइतेको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update