Mero Chitwan
भरतपुरमा मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजगी तालिम शुरु
भरतपुरमा मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजगी तालिम शुरु भरतपुर महानगरपालिकाले न्याय क्षेत्रलाई थप मर्यादित र नागरिक मैत्री बनाउने उदेश्यले मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजगी तालिम शुरु गरेको छ
भोलिदेखि हुने १८औं सौराहा फूड फेस्टिभलको तयारी पूरा
भोलिदेखि हुने १८औं सौराहा फूड फेस्टिभलको तयारी पूरा चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि १८औं सौराहा फूड फेस्टिभल सुरु हुँदैछ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म बसपार्क जाने सडकको दक्षिणतर्फको खाली जमिनमा फेस्टिभल हुँदैछ ।
चितवनका समग्र समस्या समाधान गर्न पालिका प्रमुखहरुको प्रतिबद्धता
चितवनका समग्र समस्या समाधान गर्न पालिका प्रमुखहरुको प्रतिबद्धता  जिल्लाका सबै पालिकाबीच समन्वय गरेर अघि बढ्न पालिका प्रमुखले ऐक्यबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति चितवनले शनिबार यहाँ आयोजना गरेको सातौँ जिल्लासभामा पालिका प्रमुखले जिल्लामा देखिएका समस्या समाधानका लागि सबैले समन्वय गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन्
गड्यौलीमा राेकिराखेको ट्रकमा बस ठोक्किँदा २० जना घाइते
गड्यौलीमा राेकिराखेको ट्रकमा बस ठोक्किँदा २० जना घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।  
वन्यजन्तुबाट जोगाउन मध्यवर्ती क्षेत्रमा पर्खालसहितको तारबार लगाउन सुरु
वन्यजन्तुबाट जोगाउन मध्यवर्ती क्षेत्रमा पर्खालसहितको तारबार लगाउन सुरु वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न चितवनको भरतपुर महानगरपालिकाले मध्यवर्ती क्षेत्रमा मेसजाली अर्थात पर्खालसहितको तारबार लगाउन सुरु गरेको छ । महानगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका वडा नं. २३, २४, २७ र २८ का मेस जाली निर्माणको काम थालेको हो ।
फागुन लागेपछि दूध बिक्रीमा समस्या हुँदैन , किसानले रकम पाउनुहुन्छ : मन्त्री भुसाल
फागुन लागेपछि दूध बिक्रीमा समस्या हुँदैन , किसानले रकम पाउनुहुन्छ : मन्त्री भुसाल चितवनमा आयोजित राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटनमा आउने क्रममा आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले दुग्धजन्य उत्पादन बिक्रीमा समस्या भएको बताए । 
नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी
नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी राष्ट्रिय चिया तथा कफी बोर्डको आयोजनामा नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ गरिएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने लक्ष्य लिइएको छ
भरतपुरमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम 
भरतपुरमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम  वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ ।
भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना माडी भिलेज रिसोर्टमा आज आयोजित समारोहबीच दुवै नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
दुर्घटना न्यूनीकरण गर्न सबै जिम्मेवार बन्नुपर्छ : रेनु दाहाल
दुर्घटना न्यूनीकरण गर्न सबै जिम्मेवार बन्नुपर्छ : रेनु दाहाल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले ट्राफिक नियम पालना गर्न सबै नागरिक आ(आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्ने बताइन् । दुर्घटना हुनु दर्दनाक विषय भएकाले सबै जना सचेत बन्नुपर्नेमा उनको जोड थियो । सडक दुर्घटना सडक साँघुरो, कच्ची र फराकिलो तथा सुविधासम्पन्न हुँदा पनि हुने भएकाले सबै आफ्नो ठाउँबाट सचेत र जिम्मेवार हुनुपर्ने...
गोदाम भरिएपछि भरतपुरको मिल्क उद्योग बन्द
गोदाम भरिएपछि भरतपुरको मिल्क उद्योग बन्द दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो ।
Weather Update