Mero Chitwan
बसको ठक्करबाट कांग्रेसका नेता पौडेलको निधन
बसको ठक्करबाट कांग्रेसका नेता पौडेलको निधन बसले ठक्कर दिँदा कांग्रेस नेता एवम पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ । उनी सवार मोटरसाइकललाई नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमै मत्यु भएको हो ।
संरक्षण पर्खिरहेको  माडीको लव र कुश हुर्किएको  वाल्मीकि आश्रम
संरक्षण पर्खिरहेको माडीको लव र कुश हुर्किएको वाल्मीकि आश्रम वाल्मीकि आश्रम जान त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारिपट्टि भारतको वाल्मीकि नगर हुँदै जानुपर्छ । नेपालतर्फबाट चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको वाल्मीकि आश्रममा जाने बाटो नभएकाले गण्डकी प्रदेशबाट गण्डक ब्यारेज हुँदै भारतको वाल्मीकि नगर पुग्नुपर्ने बाध्यता छ ।
सौराहा आउने पर्यटकको रोजाइमा ढुङ्ग्रेखोलाको डुङ्गा शयर
सौराहा आउने पर्यटकको रोजाइमा ढुङ्ग्रेखोलाको डुङ्गा शयर जनकौली मध्यवर्ती सामुदायिक वनको अध्यक्ष जोगेन्द्र महतो खोलामा डुङ्गा शयर गर्दा गोही, डेढ सय बढी प्रजातिका माछा, अजिङ्गर चाराचुरुङ्गी र वन्यजन्तु हेर्न सकिने बताए । “यहाँ पानी खान र आहाल खेल्न आएका गैँडा प्रशस्त देखिन्छ”, उन्ले भने, “डुङ्गामा चढेर वन्यजन्तुको अवलोकन गर्न पाउँदा पर्यटकहरू खुसी हुन्छन्
देवघाटधाम र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सुरु
देवघाटधाम र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सुरु गत शुक्रबारदेखि  बिहान ११ बजेदेखि ३ बजेसम्म आवागमन रोकेर पुल मर्मतको काम भइरहेको छ । यो महिनाभित्रमा पुलको नट परिवर्तन, कस्ने काम, भुईको पाता परिवर्तन, जाली परिवर्तन जस्ता मर्मतका काम सम्पन्न गर्ने थापाले जानकारी दिए ।
चितवनको तोरीको तेल देशैभरिका भान्छामा !
चितवनको तोरीको तेल देशैभरिका भान्छामा ! तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ । 
‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष आयोजना  : रेनु दाहाल
‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष आयोजना : रेनु दाहाल भरतपुर महानगर प्रमुख रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गरिएको बताएकी छन् ।  'भरतपुर भ्रमण वर्ष २०२४' का विषयमा होटल व्यवसायीसँग सोमबार आयोजना गरिएको छलफलमा प्रमुख दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पारिन् । 
चितवनमा क्रिकेट किड्स क्याम्प सञ्चालन हुने
चितवनमा क्रिकेट किड्स क्याम्प सञ्चालन हुने चितवन क्रिकेट संघले भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको कास्सी स्पोर्टस्सँग मिलेर किड्स क्याम्प सुरु गर्ने भएको छ । क्याम्प सञ्चालनका लागि चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पिया र कास्सी स्पोर्टस्का संरक्षक षडानन्द सापकोटाबीच सोमबार सहमतिपत्रमा हस्ताक्षर गरे
चितवनका एक सय एकहत्तर निजी वन व्यवस्थापनमा
चितवनका एक सय एकहत्तर निजी वन व्यवस्थापनमा  जिल्लामा दर्ता भएका दुई सय ५९ निजी वन मध्ये एक सय ७१ वटा व्यवस्थापनमा रहेका छन् । डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०४५ पुस ११ गतेदेखि हालसम्म दर्ता भएका वन मध्ये एक सय ७१ वन व्यवस्थापनमा रहेका छन्
बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क शववाहन सेवा  सुरु
बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क शववाहन सेवा सुरु चितवनको बकुलहर रत्ननगर अस्पतालमा आज (आइतवार) देखि निःशुल्क शव वाहन सेवा सुरु गरिएको छ । रत्ननगरका जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालद्वारा संयुक्त रुपमा शव वाहन सेवा सुरु गरिएको हो । 
भरतपुरको पुङ्गी खोला सौन्दर्यकरणको शिलान्यास
भरतपुरको पुङ्गी खोला सौन्दर्यकरणको शिलान्यास भरतपुर महानगरपालिका ३ र ४ भएर बग्ने पुङ्गी खोला सौन्दर्यकरण आयोजनाको शिलान्यास भएको छ ।आज भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले एक कार्यक्रमका बीच आयोजनाको शिलान्यास गरेकी हुन् ।
गाडीको ठक्करबाट  बुवाको मृत्यु छोरी गम्भीर  घाइते
गाडीको ठक्करबाट बुवाको मृत्यु छोरी गम्भीर घाइते भरतपुर महानगरपालिका–१६ शिबघाटमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ र एकजना गम्भीर घाइते भएका छन् ।
चितवनबाट लगिएको ‘शेषचन्द्र’ले अब शुक्लाफाँटामा पर्यटक घुमाउने
चितवनबाट लगिएको ‘शेषचन्द्र’ले अब शुक्लाफाँटामा पर्यटक घुमाउने एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ल्याइएको गजराज शेषचन्द्रले पर्यटक घुमाउने भएको छ । अढाई वर्षको भाले शेषचन्द्रलाई शुक्लाफाँटाको पिपरियास्थित हात्तीसार पोष्टमा पर्यटक घुमाउने तालिम दिइएको छ ।
Weather Update