Mero Chitwan
भरतपुरलाई आइटी हब बनाउने गुरुयोजना बन्दै, प्रमुख दाहाल भन्छिन्– अबको लक्ष्य डिजिटल भरतपुर
कन्सल्टेन्ट कम्पनीका प्रतिनिधिसँग छलफःल गर्दै भरतपुर प्रमुख रेनु दाहाल । तस्बिर : दाहालको सचिवालय

चितवन–भरतपुर महानगर प्रमुख रेनु दाहालले भौतिक विकास, समता–समानता र सुशासनपछि भरतपुर महानगरपालिकाको अबको लक्ष्य रोजगारी सिर्जना र आत्मनिर्भर डिजिटल भरतपुर रहेको बताएकी छन् । 

भरतपुरलाई आइटी हबको रुपमा विकास गर्न अमेरिकी विकास नियोग युएसएआइडीद्वारा नियुक्त कन्सल्टेन्ट डिलोइट्टेसँग आइतबार भएको अन्तर्क्रिया प्रमुख दाहालले उक्त कुरा बताएकी हुन् । 

भरतपुरलाई आइटी हबको रुपमा विकास गर्न महानगर र युएसएआइडीबीच गत कात्तिक १७ गते द्विपक्षीय सम्झौता भएको थियो । सोही सम्झौताअनुसार युएसएआइडीले विश्वकै उत्कृष्ट चारमध्येको एक डिलोइट्टेलाई कन्सल्टेन्ट नियुक्त गरेको थियो । सोही कन्सल्टेन्टसँग महानगर प्रमुखले भर्चुअल अन्तर्क्रिया गरेकी हुन् ।  

अन्तर्क्रियामा दाहालले भरतपुरको वस्तुगत आधार र यथार्थलाई मिहिन रुपमा बुझेर गुरुयोजना निर्माण गर्न सुझाव दिएकी छन् । 
गुरुयोजनालाई निर्धारित समयमा नै सकेर केन्द्र, प्रदेश तथा दातृनिकायको सहयोग र समन्वयमा कार्यान्वयनमा लैजाने महानगरको योजना रहेको उनले बताइन्। 

हाल डिलोइट्टेले भरतपुरको २० वर्षै गुरुयोजनाअन्तर्गत आईटी हब निर्माण गरी भरतपुरको आर्थिक समृद्धि र रोजगारीको अवसर सिर्जनालाई मुख्य आधार बनाई गुरुयोजना बनाईरहेको छ। डिलोइट्टे र युएसएआइडीले भारतको बंगलोर र बंगलादेशमा समेत आइटी हब बनाउन सहयोग गरेका छन् । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update