चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु
बुधबार, माघ ३, २०८०
चितवनमा २ जनामा देखियो कोरोना संक्रमण, सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह
मंगलबार, माघ २, २०८०
देशका विभिन्न भागमा कोरोना संक्रमण बढेसँगै चितवनमा पनि संक्रमण देखिएको छ । आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको हो ।
भरतपुर क्यान्सर अस्पतालमा फाइल हराएरै सास्ती
मंगलबार, माघ २, २०८०
यो फाइल बिरामीले लैजान पाउँदैनन्, अस्पतालमै रहन्छ । अर्को पटक आउँदा पहिला दर्ता गरेको परिचयपत्र हेरेर खोजिन्छ तर यही फाइल अस्पतालबाटै गायब हुन्छभन्दा अचम्म लाग्छ ।
चितवनमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु
मंगलबार, माघ २, २०८०
कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी पर्यटक बढ्दै
मंगलबार, माघ २, २०८०
वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको संख्या ६ महिनामा करिब डेढ लाख जना पुगेको छ । निकुञ्ज घुम्नेमा स्वदेशी पर्यटकको संख्या उल्लेख्य छ
अपडेट : त्रिशुलीमा डुबेको भारतीय गाडीमा यात्रु फेला परेनन्
मंगलबार, माघ २, २०८०
काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा आज बिहान त्रिशुलीमा खसेको भारतीय गाडीमा कुनै पनि यात्रु फेला परेनन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमुनि गएर खोजबिन गर्दा गाडीमा कोही पनि यात्रुलाई फेला नपारेको हो ।
त्रिशुलीमा भारतीय गाडी खस्यो, उद्धार प्रयास जारी
मंगलबार, माघ २, २०८०
नारायणगढ–मुग्लिन सडकको ३ नम्बर पुलबाट भारतीय बोलेरो गाडी नदीमा खसेको हो । गाडी पूर्ण रुपमा नदीमा डुबेको छ भने सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार प्रयास गरिरहेको छ । गाडी आज बिहान ४ बजे खसेको हो ।
देवघाटमा ५ लाखले मेला भरे माघेसंक्रान्तिको
सोमबार, माघ १, २०८०
तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा करिब पाँच लाख भक्तजनले माघे संक्रान्तिको मेला भरेका छन् । देवघाट क्षेत्र विकास समिति तनहुँका कार्यकारी निर्देशक सदन बरालले आज बिहानैदेखि देवघाटमा करिब पाँच लाख भक्तजनले मेला भर्नुका साथै वेणीसङ्गममा स्नान गरेको बताए । मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको पनि उनको भनाइ छ ।
गोलाघाटमा कुमाल जातिको पहिलो बृहत राष्ट्रिय कार्यक्रम
सोमबार, माघ १, २०८०
आफ्नो पहिचान र संस्कृतिको संरक्षणको लागि देशभरका कुमाल समुदाय अगुवाहरू चितवनमा भेला भएर माघे सङ्क्रान्ति पर्व मनाएका छन् । कुमाल समाज नेपालले पहिलोपटक चितवनको गोलाघाटमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
देवघाट स्नान गर्न भक्तजनको घुइँचो
सोमबार, माघ १, २०८०
पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आज बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो ।
नारायणगढ–मुग्लिन सडक आज र भोलि खुला रहने
आइतबार, पुस २९, २०८०
नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ। देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी तथा इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए
देबघाटमा माघेसङ्क्रान्ति मेलाको शुभारम्भ
आइतबार, पुस २९, २०८०
देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो


