दियालो बंगला खुला गर्ने तयारी : मर्मतका लागि नेपाल ट्रष्टले खुलायो टेण्डर
शनिबार, माघ १३, २०८०
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव माघ १८ गतेदेखि हुने
शनिबार, माघ १३, २०८०
चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवको तयारी तीब्र पारिएको छ ।
भरतपुर महानगर बालबालिकाको क्षेत्रमा संवेदनशील छ : प्रमुख रेनु दाहाल
शनिबार, माघ १३, २०८०
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छन् । प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गरिन् ।
भरतपुर क्यान्सर अस्पतालको सार्वजनिक सुनुवाइ : सेवाग्राहीका गुनासै-गुनासा
शनिबार, माघ १३, २०८०
सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ ले कुनै पनि सरकारी कार्यालयले चार महिनामा कम्तीमा पनि एक पटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था गरेको छ । तर, भरतपुरमा २०५७ सालमा स्थापना गरिएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ३२ वर्षको इतिहासमा जम्मा २ पटकमात्र सार्वजनिक सुनुवाइ गर्यो । पहिलो २०६७ सालमा र दोस्रो...
नगरका विद्यालयको अवस्था बुझ्न भरतपुरमा ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सुरु
शुक्रबार, माघ १२, २०८०
भरतपुर महानगरपालिकाले पहिलोपटक ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । विद्यार्थीका धारणा, अपेक्षा, समस्यालगायतका विषयमा प्रत्यक्ष सम्वाद गर्न महानगरले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी
शुक्रबार, माघ १२, २०८०
मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गरेको हो
मैयाँदेवि स्मृति यू १९ प्रदेश स्तरीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु
शुक्रबार, माघ १२, २०८०
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मैयाँदेवि स्मृति यू १९ प्रदेश स्तरीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ ।लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ
राष्ट्रिय आविष्कार केन्द्रलाई चौरासी पूजाको खर्च सहयोग
शुक्रबार, माघ १२, २०८०
चितवनका एक ज्येष्ठ नागरिकले आफनो चौरासी पूजामा लाग्ने खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–२ क्षेत्रपुर घर भएका खिमानन्द पौडेलले आफ्नो ८४ पूजामा गरिने खर्च रु तीन लाख ६५ हजार केन्द्रका सञ्चालक समितिका सदस्य हरि सिलवाललाई हस्तान्तरण गरेका छन्
भरतपुरको घोडा प्रजनन केन्द्र सारेर विमानस्थल विस्तार गर्ने तयारी
बिहीबार, माघ ११, २०८०
भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ । लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रुपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो ।
पूर्व–पश्चिम रेलमार्ग : भरतपुरले दिएका २ विकल्पबारे रेल विभागले अध्ययन गर्ने
बुधबार, माघ १०, २०८०
रेल विभागले भरतपुर महानगपालिकाले प्रस्तुत गरेका विकल्पबारे अध्ययन गर्ने भएको छ । आज भरतपुर महानगर र सरोकारवालासँग भएको छलफलमा रेल्वे अधिकारीहरुले महानिर्देशकसहितको प्राविधिक टोली अब केही दिन भरतपुरमै रहेर नयाँ विकल्पको रुटबारे अध्ययन गर्ने जनाएका हुन् ।
भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते नारायणी किनारमा
बुधबार, माघ १०, २०८०
भरतपुर महानगरपालिकाले आगामी फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ ।
७ वर्षमा भरतपुरका सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थपिए : रेनु दाहाल
बुधबार, माघ १०, २०८०
भरतपुर महानगर प्रमुख रेनु दाहालले आफ्नो कार्यकालमा नगर क्षेत्रका सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थपिएको बताएकी छन् ।
भरतपुर भ्रमण वर्ष उद्घाटनसँगै बाघ देख्न पाइने
मंगलबार, माघ ९, २०८०
भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी फागुन १८ गते (मार्च १ तारिख) मा हुँदैछ ।

