Mero Chitwan
चितवनका एक सय एकहत्तर निजी वन व्यवस्थापनमा
चितवनका एक सय एकहत्तर निजी वन व्यवस्थापनमा  जिल्लामा दर्ता भएका दुई सय ५९ निजी वन मध्ये एक सय ७१ वटा व्यवस्थापनमा रहेका छन् । डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०४५ पुस ११ गतेदेखि हालसम्म दर्ता भएका वन मध्ये एक सय ७१ वन व्यवस्थापनमा रहेका छन्
बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क शववाहन सेवा  सुरु
बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क शववाहन सेवा सुरु चितवनको बकुलहर रत्ननगर अस्पतालमा आज (आइतवार) देखि निःशुल्क शव वाहन सेवा सुरु गरिएको छ । रत्ननगरका जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालद्वारा संयुक्त रुपमा शव वाहन सेवा सुरु गरिएको हो । 
भरतपुरको पुङ्गी खोला सौन्दर्यकरणको शिलान्यास
भरतपुरको पुङ्गी खोला सौन्दर्यकरणको शिलान्यास भरतपुर महानगरपालिका ३ र ४ भएर बग्ने पुङ्गी खोला सौन्दर्यकरण आयोजनाको शिलान्यास भएको छ ।आज भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले एक कार्यक्रमका बीच आयोजनाको शिलान्यास गरेकी हुन् ।
गाडीको ठक्करबाट  बुवाको मृत्यु छोरी गम्भीर  घाइते
गाडीको ठक्करबाट बुवाको मृत्यु छोरी गम्भीर घाइते भरतपुर महानगरपालिका–१६ शिबघाटमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ र एकजना गम्भीर घाइते भएका छन् ।
चितवनबाट लगिएको ‘शेषचन्द्र’ले अब शुक्लाफाँटामा पर्यटक घुमाउने
चितवनबाट लगिएको ‘शेषचन्द्र’ले अब शुक्लाफाँटामा पर्यटक घुमाउने एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ल्याइएको गजराज शेषचन्द्रले पर्यटक घुमाउने भएको छ । अढाई वर्षको भाले शेषचन्द्रलाई शुक्लाफाँटाको पिपरियास्थित हात्तीसार पोष्टमा पर्यटक घुमाउने तालिम दिइएको छ ।
दियालो बंगला खुला गर्ने तयारी :  मर्मतका लागि नेपाल ट्रष्टले खुलायो टेण्डर
दियालो बंगला खुला गर्ने तयारी : मर्मतका लागि नेपाल ट्रष्टले खुलायो टेण्डर नेपाल ट्रष्टले दरबार तथा परिसरको मर्मत तथा स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको हो । हाल ट्रष्टको स्वामित्वका रुपमा रहेको दियालो बंगलालाई भरतपुर महानगरले  संग्रहालयका रुपमा सञ्चालनमा ल्याउनेछ । दरबारलाई भरतपुर भ्रमणका वर्षका अवसरमा सर्वसाधारणका लागि खुला गर्ने तयारी छ । 
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव माघ १८ गतेदेखि हुने
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव माघ १८ गतेदेखि हुने चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवको तयारी तीब्र पारिएको छ ।
भरतपुर महानगर  बालबालिकाको क्षेत्रमा  संवेदनशील छ : प्रमुख रेनु दाहाल
भरतपुर महानगर बालबालिकाको क्षेत्रमा संवेदनशील छ : प्रमुख रेनु दाहाल भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छन् । प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गरिन् ।
भरतपुर क्यान्सर अस्पतालको सार्वजनिक सुनुवाइ : सेवाग्राहीका गुनासै-गुनासा
भरतपुर क्यान्सर अस्पतालको सार्वजनिक सुनुवाइ : सेवाग्राहीका गुनासै-गुनासा सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ ले कुनै पनि सरकारी कार्यालयले चार महिनामा कम्तीमा पनि एक पटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था गरेको छ । तर, भरतपुरमा २०५७ सालमा स्थापना गरिएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ३२ वर्षको इतिहासमा जम्मा २ पटकमात्र सार्वजनिक सुनुवाइ गर्‍यो । पहिलो २०६७ सालमा र दोस्रो...
नगरका विद्यालयको अवस्था बुझ्न भरतपुरमा ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सुरु
नगरका विद्यालयको अवस्था बुझ्न भरतपुरमा ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सुरु भरतपुर महानगरपालिकाले पहिलोपटक ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । विद्यार्थीका धारणा, अपेक्षा, समस्यालगायतका विषयमा प्रत्यक्ष सम्वाद गर्न महानगरले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 
मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी
मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गरेको हो
मैयाँदेवि स्मृति यू १९  प्रदेश स्तरीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु
मैयाँदेवि स्मृति यू १९  प्रदेश स्तरीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मैयाँदेवि स्मृति यू १९  प्रदेश स्तरीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ ।लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ
Weather Update