Mero Chitwan
भरतपुर भ्रमण वर्षको आज उद्घाटन, सुरक्षा व्यवस्था कडा, यी हुन् र्‍यालीका रुट
भरतपुर भ्रमण वर्षको आज उद्घाटन, सुरक्षा व्यवस्था कडा, यी हुन् र्‍यालीका रुट उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश  सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा, केपी ओली सहभागी हुनेछन् । 
एकता शिशु निकेतनमा बालिकाको बलात्कारपछि हत्या भएको परिवारको दाबी
एकता शिशु निकेतनमा बालिकाको बलात्कारपछि हत्या भएको परिवारको दाबी चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत बालिका शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको दाबी परिवारले गरेका छन् । 
भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न भवन निर्माण, शुक्रबार उद्घाटन हुने
भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न भवन निर्माण, शुक्रबार उद्घाटन हुने नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार पाँच सय स्क्वायर फिटको भवन निर्माण गरिएको हो ।
क्रिकेट रङ्गशाला भरतपुर आफैंले निर्माण गर्ने, बोलपत्र आह्वान
क्रिकेट रङ्गशाला भरतपुर आफैंले निर्माण गर्ने, बोलपत्र आह्वान भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला  महानगरपालिकाले आफैंले निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको हो ।
भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा
भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा भरतपुर अस्पतालले थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा (डेकेयर) सेन्टर सञ्चालन गरेको छ । बच्चा वार्डबाटै दिँदै आएको सेवालाई छुट्टै सेन्टर खोलेर सेवा दिन थालेको हो । यससँगै बिरामीलाई सेवा लिन सहज भएको छ ।
घरजग्गा बेचेर छोराकाे स्मृतिमा भरतपुर क्यान्सर अस्पतालमा उपचार कोष स्थापना
घरजग्गा बेचेर छोराकाे स्मृतिमा भरतपुर क्यान्सर अस्पतालमा उपचार कोष स्थापना उनीहरुले काठमाडौँमा रहेको घर जग्गा बेचेर क्यान्सर पीडित बिरामीको उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सहयोग कोष स्थापना गरेका छन्। आफ्नो छोरा स्व डा अञ्जन पराजुलीको सम्झनामा रु एक करोड एक लाख ११ हजार एक सय ११ बराबरको ‘अञ्जन स्मृति क्यान्सर पीडित सहयोग कोष’ स्थापना गरेका हुन् ।
एकता शिशु निकेतनमा छात्रा मृत फेला : परिवारले दिए प्रधानाध्यापकसहित तीन जनाविरुद्ध जाहेरी
एकता शिशु निकेतनमा छात्रा मृत फेला : परिवारले दिए प्रधानाध्यापकसहित तीन जनाविरुद्ध जाहेरी रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतनको छात्रावासमा झुण्डिएको अवस्थामा ८ कक्षाको छात्रा मृत भेटिएको घटनामा परिवारजनले विद्यालयका प्राचार्यसहित तीन जनाविरुद्ध जाहेरी दर्ता गरेका छन् ।
अबको प्रमुख एजेन्डा भरतपुरमा रोजगारी सिर्जना  : प्रमुख दाहाल
अबको प्रमुख एजेन्डा भरतपुरमा रोजगारी सिर्जना : प्रमुख दाहाल भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास पर्याप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुने बताइन् । 
Weather Update