भरतपुर भ्रमण वर्ष : तयारी अन्तिम चरणमा, यस्तो हुनेछ उद्घाटन समारोह
शनिबार, फागुन १२, २०८०
चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
शुक्रबार, फागुन ११, २०८०
मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहान चितवन खैरहनीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय दिलिप चौधरी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ
भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने
शुक्रबार, फागुन ११, २०८०
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो
नारायणगढ–मुग्लिन सडक : ढिस्को काट्ने काम अन्तिम चरणमा, आइतबारदेखि दिउँसो बन्द नहुने
बिहीबार, फागुन १०, २०८०
गत पुस ७ देखि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएकोमा ढिस्को भत्काउन अब तीन मिटर मात्रै बाँकी रहेको र फागुन १२ गतेसम्म थप एक मिटर भत्काउन सकिने अनुमान गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालले जानकारी दिए ।
भरतपुरमा एकै दिन २ डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेल उद्घाटन
बिहीबार, फागुन १०, २०८०
भरतपुर महानगरपालिका वडा नम्बर १७ मा एकै दिन २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले दुवै थरिका बोरिङ उद्घाटन गरेकी हुन् ।
भरतपुर भ्रमण वर्ष : तयारी तीब्र, पर्यटन बोर्डले पनि सहकार्य गर्ने
बिहीबार, फागुन १०, २०८०
नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो ।
भरतपुर १० का बासिन्दालाई सीएमसीमा ५० प्रतिशतसम्म छुट, अन्य सुविधा के छन् ?
बुधबार, फागुन ९, २०८०
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० का बासिन्दाले चितवन मेडिकल कलेज–सीएमसीमा स्वास्थ्य उपचारमा छुट पाउने भएका छन् ।
चितवनको खैरहनी नगरपालिकामा घाँटीमा चक्कु रोपेर युवाको हत्या
मंगलबार, फागुन ८, २०८०
आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खाल नजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ
भरतपुर विमानस्थल बिस्तारका लागि आजदेखि सर्भे
सोमबार, फागुन ७, २०८०
भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ । नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो ।
भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दीक्षित
आइतबार, फागुन ६, २०८०
भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी आइतबार दीक्षित भएका छन् । भरतपुर महानगरपालिकामा ६ हप्ताको आभारभूत तालिममा सहभागी २८ जना नगर प्रहरीहरूलाई एक समारोहका बीच दीक्षित गरिएको महानगरले जनाएको छ
चितवनका दूग्धउत्पादक किसान आन्दोलनमा, दूध पोखेर विरोध
आइतबार, फागुन ६, २०८०
दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाएका छन्


