Mero Chitwan
नारायणी किनारमा आदिवासी जनजातिको बस्ती !
नारायणी किनारमा आदिवासी जनजातिको बस्ती ! नझुक्किनुस् यो कुनै आदिवासी जनजातिको साँच्चिकै बस्ती होइन । यो हो भरतपुर भ्रमण वर्षका बारे जानकारी दिन शुक्रबारदेखि सुरु भएको प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारी महोत्सवका अवसरमा नदी किनारको प्रदर्शनी मैदानमा बनाइएको बस्ती हो । 
 भरतपुर अस्पताल : सेवासुविधा स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै
 भरतपुर अस्पताल : सेवासुविधा स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै गत कात्तिक २२ मा डा तिवारी मेसु भएर आएपछि भरतपुर अस्पतालले बिरामीको सुविधाका लागि अस्पतालमा सेवाको स्तरोन्नति गर्दै लगेको हो
दियालो बंगला वैशाख १५ भित्र सर्वसाधारणका लागि खुला हुने, नेपाल ट्रष्टसँग सम्झौता
दियालो बंगला वैशाख १५ भित्र सर्वसाधारणका लागि खुला हुने, नेपाल ट्रष्टसँग सम्झौता नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला सञ्चालन तथा व्यवस्थापनका लागि भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच सम्झौता भएको छ
भरतपुरमा वृहत साइकल र्‍याली, साइकल सिटीको पहिचान फर्काउने दाहालको प्रतिबद्धता
भरतपुरमा वृहत साइकल र्‍याली, साइकल सिटीको पहिचान फर्काउने दाहालको प्रतिबद्धता साईकल सिटिका रुपमा भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ । भरतपुर भ्रमण बर्ष २०२४ का अवसरमा भरतपुरमा साईकल र्‍याली शुरु गर्दे अभियान थालिएको हो ।
पाँच गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण
पाँच गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन् । पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो
पर्यटन विकासका लागि रत्ननगरको टिकौलीमा हरियाली पार्क निर्माण सुरु
पर्यटन विकासका लागि रत्ननगरको टिकौलीमा हरियाली पार्क निर्माण सुरु पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पर्यटन विकासका लागि टिकौलीमा हरियाली पार्क निर्माण सुरु गरेको छ । नगर गौरवको योजनाअन्तर्गत टिकौलीस्थित खगेरी खोलाको आडमा सुविधासम्पन्न हरियाली पार्क निर्माण सुरु गरिएको हो ।
भारतीय केराको आयात बढ्दा चितवनको केराले पाएन बजार
भारतीय केराको आयात बढ्दा चितवनको केराले पाएन बजार चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् ।
वयस्क भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने
वयस्क भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने चितवन राष्ट्रिय निकुञ्जबाट एक भाले गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ । यहाँबाट दोस्रो पटक कोशीटप्पुमा गैँडा स्थानान्तरण गर्न लागिएको हो
शालिन मृत्यु प्रकरण : पक्राउ परेका ३ जना धरौटीमा रिहा
शालिन मृत्यु प्रकरण : पक्राउ परेका ३ जना धरौटीमा रिहा चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेको घटनामा अनुसन्धान गर्न पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन्
टिकौली चौरमा कृष्णसार ल्याउने प्रक्रिया अन्तिम चरणमा
टिकौली चौरमा कृष्णसार ल्याउने प्रक्रिया अन्तिम चरणमा नेपालमा अतिदुर्लभ मानिएको कृष्णसार टिकौली चौरमा ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिकाको संरक्षकत्व र व्यवस्थापनमा सञ्चालन हुन लागेको कृष्णसार संरक्षण तथा व्यवस्थापन समितिको निर्णयअनुसार विद्युतीय तारबार (इलेक्ट्रिक फेन्स लाइन) जडान कार्य सम्पन्न भएसँगै कृष्णसार स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल
नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ पुलको पहुँचमार्गमा कालोपत्रको अन्तिम तह बाँकी छ । उहाँले भन्नुभयो “आज र भोलि कालोपत्र सकिन्छ । पर्सीबाट पुल सञ्चालनको तयारी गरेका छौँ ।”
Weather Update