काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु
शनिबार, पुस २८, २०८०
रत्ननगर महोत्सवको टिकट काट्दा चितवन मेडिकल कलेजमा १५ प्रतिशत छुट
शनिबार, पुस २८, २०८०
रत्ननगर महोत्सव अवलोकनकर्ताहरुले चितवन मेडिकल कलेज मा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने भएका छन् ।उद्योग वाणिज्य संघ रत्ननगर र चितवन मेडिकल कलेजबीच टिकट काटेर महोत्सव अवलोकन गर्नेलाई १५ प्रतिशत छुट दिने समझादारी भएको हो ।
दाङमा राप्तीमा बस खस्दा १२ जनाको मृत्यु, ८ जनाको सनाखत
शनिबार, पुस २८, २०८०
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ।भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।
‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा
शुक्रबार, पुस २७, २०८०
विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये काठमाडौँ एक नम्बरमा परेको छ । ट्रिप एडभाइजरले सन् २०२४ मा उत्कृष्टमध्ये उत्कृष्ट गन्तव्यका सात वटा वर्गमा गन्तव्य घोषणा गरेको हाे । जसमध्ये १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृतिक गन्तव्य, खाना गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य छन् ।
चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
शुक्रबार, पुस २७, २०८०
चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ।
मेलम्ची खानेपानी आयोजनाको पानी चार दिनमा काठमाडौं आउने
शुक्रबार, पुस २७, २०८०
बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनः काठमाडौंमा पथान्तरण गरिएको छ।
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै शिवपुरीको धाप ड्याम
शुक्रबार, पुस २७, २०८०
बागमती नदीको बहाव बढाएर सौन्दर्य करण गर्ने लक्ष्यका साथ निर्माण गरिएको धाप ड्यामले पछिल्लो समय पर्यटकीय विकास आधार बनेको छ । उपत्यकाका नजिकैको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको ड्याममा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेका छन्
निजी शिक्षालयजस्तो देखिने चितवन मावि गुणस्तरमा पनि अब्बल
शुक्रबार, पुस २७, २०८०
कक्षाकोठामा सिसी क्यामरा जडान, प्रविधिमैत्री शिक्षा । झट्ट हेर्दा कुनै निजी स्कुलभन्दा कम छैन । यो हो भरतपुर १० स्थित चितवन माध्यमिक विद्यालय । सरकारी स्कुल भए पनि शैक्षिक गुणस्तर र सुविधाका हिसाबले निजी विद्यालयसँग प्रतिस्पर्धा गरिरहेको चितवन मावि विपन्नको शिक्षालय पनि बनेको छ, जहाँका ८० प्रतिशत बालबालिका विपन्न परिवारका...
पृथ्वीनारायण शाहले कीर्तिपुरेहरुको नाक काटेकै हुन्?
शुक्रबार, पुस २७, २०८०
पृथ्वीनारायण शाहले वास्तवमा कीर्तिपुरेहरुको नाक काटे कि काटेनन् भन्ने विषयमा दुई थरि मतहरु पाइन्छन्। उनलाई एकीकरणको नायक भन्नेहरुले यसलाई ‘अनर्गल’ भन्दै आएका छन्। उनीहरुले यसलाई पृथ्वीनारायणबाट पराजित र निस्कासित अंग्रेजहरुले चलाएका ‘हल्ला’ भनेका छन्। अर्काथरिले भने पृथ्वीनारायणलाई ‘क्रुर शासक’ का रुपमा चित्रित गर्दै पुस २७ गतेलाई विरोध दिवसका रुपमा मनाउने...
रामबहादुर बम्जन महोत्तरी कारागारको थुनामा
बिहीबार, पुस २६, २०८०
बाल यौनदूराचारको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि महोत्तरी कारागार पठाइएको छ । जिल्ला अदालत सर्लाहीले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
वीरगञ्जमा पनि भेटिए कोरोनाको नयाँ भेरियन्टका २ संक्रमित
बिहीबार, पुस २६, २०८०
वीरगञ्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छ । उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ को सङ्क्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिइन्।
रत्ननगर महाेत्सव सुरु, नगरपालिकाको पर्यटन र विकासमा जोड दिन आग्रह
बिहीबार, पुस २६, २०८०
समारोहमा अध्यक्ष तिमिल्सिनाले सरकार र निजी क्षेत्रको सहकार्यमा आर्थिक संकट अन्त्यको पहल सुरु गर्नु पर्ने बताए । भूकम्प र कोरोना महामारीपछि मुलुकको आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएको भन्दै उनले यसको अन्त्यको लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए ।
स्वास्थ्य बिमा : यी सेवामा बिरामीले तिर्नुपर्छ १० प्रतिशत शुल्क [कार्यविधिसहित]
बिहीबार, पुस २६, २०८०
आउँदो माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रममा सहभुक्तानी ९को पेमेन्ट० प्रणाली लागु गरिने भएको छ । यो प्रणाली लागु भएसँगै निश्चित सेवामा बिरामीले १० प्रतिशत शुल्क आफैँ व्यहोर्नुपर्नेछ


