अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा [सूचीसहित]
आइतबार, मंसिर १७, २०८०

कोपबाट फर्किएपछि प्रधानमन्त्रीले भने–प्रभावकारी र परिणाममुखी भयो’
आइतबार, मंसिर १७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताएका छन् । कोप २८ मा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस पटक नेपालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरेको बताए ।

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
आइतबार, मंसिर १७, २०८०
गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा सडक, मोटेरेबल पुुल, भवन र झोलुङ्गे पुुलसम्बन्धी एक हजार चार सय योजना कार्यान्वयन गर्दैछ ।

बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान
आइतबार, मंसिर १७, २०८०
गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।
दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भारत शीर्ष स्थानमा, नेपाललाई १२ स्वर्ण
शनिबार, मंसिर १६, २०८०
नेपाल कराते महासंघको व्यवस्थापनमा आज सुरु भएको प्रतियोगितामा अहिलेसम्म १२ स्वर्ण र १३ रजतसहित कुल २५ पदक जितेर नेपाल तालिकाको दोस्रो स्थानमा छ । भारतले १५ स्वर्ण जितेको छ।
१ खर्ब ५६ अर्ब घाटा खाएर किन बेच्दैछ एनसेलको ८० प्रतिशत शेयर आजियाटाले ?
शनिबार, मंसिर १६, २०८०
पटक-पटक कर छली प्रकरणमा मुछिँदै आएको एनसेलको ८० प्रतिशत शेयर किनेको भन्दा निकै न्यून मूल्यमा बिक्री गर्ने तयारी आजियाटाले गरेपछि यसपटक पनि कर छल्न खोजेको आशंका गरिएको छ ।
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अधिवेशन जेठमा हुने
शनिबार, मंसिर १६, २०८०
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन आगामी जेठ अन्तिम साता काठमाडौंमा हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको महासंघको बैठकले महासंघको पहिलो महाधिवेशन आगामी जेठ जेठ २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण
शनिबार, मंसिर १६, २०८०
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड...

गाजामा इजरायलको भीषण आक्रमण जारी, १९३ जना मारिएको हमासको दाबी
शनिबार, मंसिर १६, २०८०
इजरायली आक्रमणबाट शुक्रबारयता ६ सय ५२ जना घाइते भएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। संघर्षविराम सकिएको दोस्रो दिन इजरायलले आक्रमण जारी राखेको छ ।
लुम्बिनी प्रदेश सम्मेलनमा देउवाको दाबी : कांग्रेसको लहर अब सातै प्रदेश पुग्छ
शनिबार, मंसिर १६, २०८०
कांग्रेसले संघीयतापछि पहिलो पटक लुम्बिनी प्रदेश सम्मेलन आयोजना गरेको हो । आइतबारसम्म चल्ले सम्मेलनको बन्दसत्रमा ७ सय ५० प्रतिनिधि सहभागी छन् ।

कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
शनिबार, मंसिर १६, २०८०
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उनले भने, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी प्रभावित भएका छन् ।”
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
शनिबार, मंसिर १६, २०८०
दशरथ रंगशालामा हुने खेल दिउँसो एक बजे सुरु हुनेछ । आफ्नो दोस्रो खेल खेल्न लागेको झापा अंकविहीन छ । उसले यसअघिको खेलमा स्पोर्टिङ इलामसँग एक शून्य गोलको हार बेहोरेको थियो ।