भरतपुर अस्पतालमा थपियो आइसीयूको शय्या
शनिबार, मंसिर १६, २०८०
जनमतले तोक्यो वडादेखि प्रदेशसम्म अधिवेशनको मिति
शुक्रबार, मंसिर १५, २०८०
जनमत पार्टीले वडादेखि प्रदेश तहसम्म अधिवेशनको मिति तोकेको छ । पार्टीको दोस्रो महाधिवेशनको सम्मुखमा जनमतले पार्टीको संगठन विस्तार र सशक्तिकरणको उद्देश्यसहित वडादेखि प्रदेश तहसम्मको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
इच्छाकामना म्याराथनमा गोरखाका श्रेष्ठ प्रथम
शुक्रबार, मंसिर १५, २०८०
इच्छाकामना म्याराथनमा गोरखाका सञ्जय श्रेष्ठ प्रथम भएका छन् । चितवनको इच्छाकामना मन्दिरमा आज लाग्ने ठूलो पञ्चमी मेलाको अवसरमा आयोजना गरिएको म्याराथनमा श्रेष्ठले एक घण्टा १४ मिनेटमा १३ किलोमिटर दुरी पार गरे।
बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेल
शुक्रबार, मंसिर १५, २०८०
मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर एनसेलको ८० प्रतिशत बिक्री गरेकाे छ । एनसेलकाे बाँकी सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेकाे हो ।

सात दिने संघर्षविश्राम सकिएलगत्तै गाजामाथि इजरायलको आक्रमण
शुक्रबार, मंसिर १५, २०८०
इजरायली सेनाले हमासले संघर्षविश्राम उल्लंघन गरेको आरोप लगाउँदै गाजामा आक्रमण गरेको हो । गाजातर्फबाट प्रहार गरिएको रकेट खसालेको समेत इजरायलले दाबी गरेको छ ।

मधेस प्रदेशले जित्यो केपी ओली कप, बागमतीका रित गौतम ‘बेस्ट ब्याट्सम्यान'
शुक्रबार, मंसिर १५, २०८०
आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेसले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पायो ।

जाजरकोट भूकम्प : अस्थायी आवासका लागि सरकारले पठायो २४ करोड
शुक्रबार, मंसिर १५, २०८०
जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम आज एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ ।

कोप–२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ : प्रधानमन्त्री
शुक्रबार, मंसिर १५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, मंसिर २४ देखि दल दर्ता
शुक्रबार, मंसिर १५, २०८०
निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।

टोपबहादुरसहित ९ जनालाई रिहा गर्न अस्वीकार, खाणबारे न्यायाधीशबीच नै राय बाझियो
शुक्रबार, मंसिर १५, २०८०
नक्कली भु्टानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको निर्णय सदर गरेको छ ।

डिजेल र पेट्रोलको मूल्य घट्यो
शुक्रबार, मंसिर १५, २०८०
शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल÷मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

चिसोले जाजरकोट र रुकुम पश्चिमका २२ भूकम्पपीडितको मृत्यु
शुक्रबार, मंसिर १५, २०८०
त्रिपालमुनि बस्दै आएका जाजरकोट भूकम्पका २२ जना पीडितहरूको चिसोले मृत्यु भएको छ । सम्बन्धित वडा कार्यालयहरूले जनाए अनुसार बिहीबारसम्म मात्रै चिसोले २२ जनाको मृत्यु भएको छ ।
खागको तस्करी आरोपमा पक्राउ परेका आठ सार्वजनिक
बिहीबार, मंसिर १४, २०८०
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।