Mero Chitwan
इतिहासमा आज : नेपालमा माओवादी जनयुद्धको सुरुवात

काठमाडौं–आज फेब्रुअरी १३ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?

१९१३ : चीनमा मन्चु वंशको शासन भएका बेला १३ औं दलाई लामाले तिब्बतलाई स्वतन्त्त घोषणा गरेका थिए । तर, तिब्बतलाई सन् १९५० को दशकमा चीनले पुनः आफूमा विलिन गरायो । 

१९६० : फ्रान्सले आफ्नो पहिलो आणविक बम सहारा मरुभूमिमा निष्क्रिय बनायो

१९९६ : नेपालमा नेकपा माओवादीबाट जनयुद्ध सुरुवात । १० वर्षसम्म चलेको जनयुद्धमा १७ हजारभन्दा बढीको ज्यान गएको थियो । 

२००० : कमिक शृंखला पिनट्सका सर्जक चाल्र्स स्कल्जको निधन । उनको निधनको केही घण्टाअघिमात्र अखबारमा पिनट्स कमिक प्रकाशन भएको थियो । 

२००१ : एल साल्भाडोरमा गएको ७.६ म्याग्निच्युडको भूकम्पमा ९ सय ४४ जनाको मृत्यु । 

२००२ : स्कटल्याण्डको संसद्ले वन्यजन्तु संरक्षण सम्बन्धी कानुन पारित ग¥यो । कुकुर लिएर जंगली जनावर मार्ने घटना बढेपछि स्कटल्याण्डमा उक्त कार्यलाई गैरकानुनी बनाइएको थियो । 

२००८ : अस्ट्रेलियाका प्रधानमन्त्री केभिन रुडले आदिवासी समुदायलाई विगतका सरकारबाट भएका व्यवहारप्रति माफी मागे । 

२०१७ : उत्तर कोरियाका नेता किम जोङ उनका दाजु किम जोङ नामको मलेसियामा हत्या ।  
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update