राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित
                        
                        
                                                
                                             
                                                                    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । पौडेलले सोमबार शीतल निवासमा एक समारोहबिच मेनुकालाई सम्मान गरेका हुन् ।
राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मिहिनेत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरे । उनले मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको उत्तरोत्तर प्रगतिको कामना गरे ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १६:३१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                 
                    
 
                     
                     
                     
                     
                    