Mero Chitwan
अर्थ मन्त्रालयले निर्माण व्यवसायीको भुक्तानीको प्रक्रिया अगाडि बढाउने
अर्थ मन्त्रालयले निर्माण व्यवसायीको भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्माण व्यवसायीलाई  सरकारका तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा आज सम्पन्न छलफलपछि निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजै अगाडि बढाउने निर्णय भएको हो
सवारी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले बनायो कार्यदल
सवारी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले बनायो कार्यदल सवारी दुर्घटनाको कारण पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ५ सदस्यीय कार्यदल गठन गरेको छ । सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति बढेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रुटि पत्ता लगाउन कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक आज र भोलि खुला रहने
नारायणगढ–मुग्लिन सडक आज र भोलि खुला रहने नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ। देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी तथा इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए
स्क्रब टाइफसबाट चार जनाको मृत्युमध्ये एकजना चितवनको
स्क्रब टाइफसबाट चार जनाको मृत्युमध्ये एकजना चितवनको जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ
निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा निर्वाचनका लागि चुनाव खर्चको सीमा
निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा निर्वाचनका लागि चुनाव खर्चको सीमा राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजार रुपैयँसम्म खर्च गर्न पाउने भएका छन्
देबघाटमा माघेसङ्क्रान्ति मेलाको शुभारम्भ
देबघाटमा माघेसङ्क्रान्ति मेलाको शुभारम्भ  देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो
जेल नगईकन पुनरावेदन गर्न पाउछन् सन्दीप लामिछानेले ?
जेल नगईकन पुनरावेदन गर्न पाउछन् सन्दीप लामिछानेले ? जबरजस्ती करणी मुद्दामा कसुरदार ठहर भइसकेपछि कैद बस्नुपर्ने बाध्यकारी व्यवस्था हो । तर मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधिअनुसार जिल्ला अदालतले ठहर गरेको कसुरका आधारमा थुनामा बस्नै पर्ने वा बाहिर बसेर समेत पुनरावेदन दिन सक्ने व्यवस्था छ । 
६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै विद्युत् प्राधिकरण
६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै विद्युत् प्राधिकरण  सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । 
ताइवानमा स्वतन्त्रता पक्षधर विलियम लाइ राष्ट्रपति निर्वाचित
ताइवानमा स्वतन्त्रता पक्षधर विलियम लाइ राष्ट्रपति निर्वाचित शनिबार भएको निर्वाचनमा लाइ चीन समर्थक कुमिन्ताङ पार्टीका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्। उनले ४० प्रतिशत मत ल्याएका छन्। चीनले मत नहाल्न दिएको दबाबका बाबजूद लाइ विजयी भएका हुन्।
माओवादी केन्द्रकाे विधान सम्मेलन फागुन पहिलाे साता
माओवादी केन्द्रकाे विधान सम्मेलन फागुन पहिलाे साता नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 
देवघाटमा माघे संक्रान्ति मेलाको यस्तो छ तयारी
देवघाटमा माघे संक्रान्ति मेलाको यस्तो छ तयारी त्रिशूली र कालिगण्डकी नदीको संगमस्थल देवघाटमा लाग्ने माघेसङ्क्रान्ति मेला व्यवस्थापनको तयारी पूरा भएको छ । देवघाट क्षेत्र विकास समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
Weather Update