महिला टी–२० आई त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित
बिहीबार, माघ १७, २०८१
२६औं माडी गोल्डकपकाे उपाधि रत्ननगरको प्याराडाइज फुटबल क्लबलाई
आइतबार, माघ १३, २०८१
२६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि प्याराडाईज फुटबल क्लब रत्ननगरले जितेको छ ।शनिबार सम्पन्न फाइनलमा अफ्रिकी टोली माबोयी फुटबल क्लब, बुर्किना फासोलाई शून्यका विरुद्ध ४ गोलको अन्तरले हराउँदै प्याराडाईज माडी गोल्डकपको च्याम्पियन बनेको हो ।
खो खो विश्वकप : महिला तथा पुरुषतर्फका दुवै प्रतिस्पर्धामा नेपाल उपविजेता
आइतबार, माघ ६, २०८१
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो । भारतले दुवै इनिङ्समा अट्याकिङमा नेपालभन्दा धेरै अंक जोडेको थियो । पहिलो इनिङ्समा भारतले अट्याकिङबाट २६ अंक जोड्दा दोस्रो इनिङ्समा २८ अंक जोडेको थियो । नेपालले भने दुवै इनिङ्समा समान १८...
खो खो विश्वकपको फाइनलमा नेपाल
शनिबार, माघ ५, २०८१
आज भारतको इन्दिरा गान्धी स्टेडियममा भएको खेलमा नेपालको महिला र पुरुष दुवै समूहले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेका हुन् । महिलातर्फ नेपालले सेमिफाइनलमा युगान्डालाई ७१ अंकले पराजित गर्यो भने पुरुषतर्फ नेपालले इरानलाई ५२ अंकले पराजित गरेको हो ।
पुलिसले जित्यो जय ट्रफीको उपाधि
बिहीबार, माघ ३, २०८१
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो ।
भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण सुरु
शुक्रबार, पुस १९, २०८१
दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ –क्यानका सचिव पारस खड्काले संयुक्त रुपमा गरे ।
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
शुक्रबार, पुस १२, २०८१
नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् ।
गौतमबुद्ध रङ्गशालामा यू-१९ महिला खेलाडीको प्रशिक्षण सुरु
बुधबार, पुस १०, २०८१
मलेसियामा हुने यू-१९ महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीले प्रशिक्षण सुरु गरेका छन् । चितवनको भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।
प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि बुटबल तेक्वान्दो डोजाङ्गलाई
शनिबार, पुस ६, २०८१
चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२४ को उपाधि बुटबल तेक्वान्दो डोजाङ्गले जितेको छ । बुटबल तेक्वान्दो डोजाङ्गले ५ स्वर्ण, १ रजत र १ कास्यसहित उपाधिसँगै ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाणसमेत प्राप्त गरेको हो ।
एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
शनिबार, पुस ६, २०८१
नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।
कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ र फ्लडलाइट जडान गरिन्छ : प्रधानमन्त्री
शुक्रबार, पुस ५, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् ।
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा
बिहीबार, पुस ४, २०८१
जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा पुगेको छ । आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनल पुगेको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।


