Mero Chitwan
नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा
नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीको आफ्नो पहिलो खेलमा आज यूएईलाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै ग्लोबल छनोटमा पुगेको हो । 
वैभव सूर्यवंशी बने टी–२० क्रिकेटमा कम उमेरमा शतक बनाउने खेलाडी
वैभव सूर्यवंशी बने टी–२० क्रिकेटमा कम उमेरमा शतक बनाउने खेलाडी वैभव सूर्यवंशी पुरुष ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडी बनेका छन् । १४ वर्ष ३२ दिनका सूर्यवंशीले सोमबार ३५ बलमा शतक पूरा गरेपछि राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ ।
एनएसएल : ललितपुर सिटी दोस्रो पटक बन्यो च्याम्पियन
एनएसएल : ललितपुर सिटी दोस्रो पटक बन्यो च्याम्पियन दशरथ रंशगालामा भएको खेलमा लिगदेखि अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत सुनिश्चित गर्‍यो ।
नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल
नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे । गत चैत १५ गते टोलीको मुख्य नियुक्त भएका उनी नियुक्त भएको करिब एक महिनापछि नेपाल आएका हुन् ।
महिला टी-२० विश्वकपको एसिया छनोट खेल्ने नेपाली टोली घोषणा
महिला टी-२० विश्वकपको एसिया छनोट खेल्ने नेपाली टोली घोषणा क्यानले घोषणा गरेको २४ सदस्यीय नेपाली टोलीमा इन्दू बर्मा कप्तान रहदा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। यसअघि उपकप्तान बिन्दू रावल थिइन्।
धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा प्रवेश
धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा प्रवेश दशरथ रङ्गशालामा भएको दोस्रो क्वालिफायर खेलमा धनगढीलाई १–० गोलले पराजित गर्दै पोखराले फाइनलमा स्थान पक्का गरेको हो ।
वर्षाले खेल रद्द हुँदा यू-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै
वर्षाले खेल रद्द हुँदा यू-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै नेपाल र अफगानिस्तानबीचको आईसीसी पुरुष अन्डर नाइन्टिन क्रिकेट विश्वकप एसिया छनोटको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै नेट रन रेटका आधारमा अगाडि रहेको अफगानिस्तान आगामी वर्ष जिम्बावे र नामिबियामा हुने अन्डर नाइन्टिन विश्वकपमा छनोट भएको छ । नेपाल छनोटको उपविजेता बने पनि विश्वकपमा पुग्न सकेन ।
यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित
यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो ।
नेपाल चार देशीय टी-२० सिरिजको फाइनलमा
नेपाल चार देशीय टी-२० सिरिजको फाइनलमा नेपाल चार देशीय टी-२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । नेपाल र हङकङबीच आजको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा पनि नहुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा पनि नहुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा पनि नहुने भएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले प्रतियोगिता जेठमा पनि नगर्ने निर्णय गरेको हो । 
कुवेतमाथि नेपालको शानदार जित
कुवेतमाथि नेपालको शानदार जित नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
टी-२० आई सिरिज : नेपालको विजयी सुरुवात, कतार आठ विकेटले पराजित
टी-२० आई सिरिज : नेपालको विजयी सुरुवात, कतार आठ विकेटले पराजित हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो।
Weather Update