पुलिसले जित्यो जय ट्रफीको उपाधि
बिहीबार, माघ ३, २०८१

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण सुरु
शुक्रबार, पुस १९, २०८१
दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ –क्यानका सचिव पारस खड्काले संयुक्त रुपमा गरे ।

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
शुक्रबार, पुस १२, २०८१
नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् ।

गौतमबुद्ध रङ्गशालामा यू-१९ महिला खेलाडीको प्रशिक्षण सुरु
बुधबार, पुस १०, २०८१
मलेसियामा हुने यू-१९ महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीले प्रशिक्षण सुरु गरेका छन् । चितवनको भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।

प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि बुटबल तेक्वान्दो डोजाङ्गलाई
शनिबार, पुस ६, २०८१
चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२४ को उपाधि बुटबल तेक्वान्दो डोजाङ्गले जितेको छ । बुटबल तेक्वान्दो डोजाङ्गले ५ स्वर्ण, १ रजत र १ कास्यसहित उपाधिसँगै ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाणसमेत प्राप्त गरेको हो ।

एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
शनिबार, पुस ६, २०८१
नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।

कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ र फ्लडलाइट जडान गरिन्छ : प्रधानमन्त्री
शुक्रबार, पुस ५, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् ।

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा
बिहीबार, पुस ४, २०८१
जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा पुगेको छ । आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनल पुगेको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा
बुधबार, पुस ३, २०८१
जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने
मंगलबार, पुस २, २०८१
यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख प्राप्त गर्दा चौथो स्थान हासिल गर्ने टोलीले रू १५ लाख पुरस्कार...

एनपीएल : प्लेअफको समीकरण पूरा, चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुने
सोमबार, पुस १, २०८१
एनपिएलको लिग चरणका खेलहरू सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सुदूरपश्चिमसँग हारका बाबजुद पनि कर्णाली प्लेअफमा पुगेको हो । काठमाडौँ गुर्खाज भने प्लेअफको दौडबाट बाहिरिएको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् ।

गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्यारापिट निर्माण सुरु
सोमबार, पुस १, २०८१
चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्यारापिट निर्माण सुरु भएको छ । अहिले स्ट्याण्ड–१ मा प्यारापिट निर्माण सुरु भएको हो । त्यसपछि क्रमशः २, ३ र ४ नम्बर स्ट्याण्डमा प्यारापिट निर्माण थालिने छ ।