अपडेट : राप्तीमा बेपत्तामध्ये एक जनाको शव भेटियो
आइतबार, भदौ २३, २०८१
राप्ती नदीमा डुबेर बेपत्ता भएका दुई मध्ये एकजनाको शब भेटिएको छ । शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएकामध्ये भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरीको शव आइतबार भेटिएको हो ।
अझै भेटिएनन् राप्तीमा बेपत्ता दुई युवक, खोजी जारी
आइतबार, भदौ २३, २०८१
भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए । प्रहरी निरीक्षक केसीले भने, 'नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि...
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध*
शनिबार, भदौ २२, २०८१
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ । हाल पहिरो हटाउने काम भइरहेको उनले बताए ।
यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने उत्कृष्ट कर्मचारी [सूचीसहित]
शनिबार, भदौ २२, २०८१
दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिँदैछ । निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिन लागिएको हो...
उदयपुरमा आमा-छोरा हत्या घटना : प्रहरीले थाल्यो अनुसन्धान
शुक्रबार, भदौ २१, २०८१
उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ । घटना भएको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जोहरी दरखास्त दर्ता भएको छैन ।
यसरी मनाए कलाकारले तीज
शुक्रबार, भदौ २१, २०८१
शनिबार सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुगिन् । १५ वर्षदेखि तीजको व्रत बस्दै आएकी उनी सदाझैं यो वर्षको तीजमा पनि फलफूल र पानी...
रत्ननगरका मेयर सापकोटाद्वारा २० प्रकारका स्वास्थ्य परीक्षण निःशुल्क गर्ने घोषणा
बिहीबार, भदौ २०, २०८१
नगरपालिकाद्वारा आफ्नै लगानीमा सञ्चालित प्रयोगशालाहरुबाट निःशुल्क परीक्षणको व्यवस्था गरिएको हो। जसअनुसार एचआइभी परीक्षण, टाइफाइड, थायराइड, ब्लड सुगर, युरिक एसिड, कोलेस्टेरोल, युरिया, क्रेटिनिन, बिलिरुबिनलगायतका परीक्षण छन् ।
धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु
बिहीबार, भदौ २०, २०८१
धनुषामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ मा रहेको पोखरीमा हिजो साँझ तीन बालकको डुबेर मृत्यु भएको हो ।
श्रीमानसँग रिस उठेपछि दुई नाबालक छोरीलाई विष खुवाएर हत्या
बुधबार, भदौ १९, २०८१
जिल्ला प्रहरी कार्यालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास नगरपालिका–६ घर भई सुन्दरहरैचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
विष्णुमतीले खतराको तह पार गर्यो, राति पनि ठाउँठाउँमा वर्षा
मंगलबार, भदौ १८, २०८१
काठमाडौँको विष्णुमती नदीले आज साँझ खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साँझ गोङ्गबु जल मापन केन्द्रमा विष्णुमतीले खतराको तह पार गरेकाले तल्लो...
सरकारले थाल्यो मोदीको नेपाल भ्रमणको तयारी
मंगलबार, भदौ १८, २०८१
परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरू गरिसकेको बताएकी छन्।
घट्यो हवाइ भाडा, कहाँ पुग्न कति ?
मंगलबार, भदौ १८, २०८१
न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले हवाइ भाडा घटेको हो। नेपाल आयल निगमले यही भदौ १५ गते आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा आन्तरिक उडानको भाडा पनि घटाइएको...
नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
मंगलबार, भदौ १८, २०८१
नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सक्ने लक्ष्य लिइएको छ
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री
मंगलबार, भदौ १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताएका छन्
भरतपुर भूमिगत विद्युतीकरणको काम तीब्र
मंगलबार, भदौ १८, २०८१
भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिव ६५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरेको हो
सिन्धुपाल्चोकको शिखरपुर केन्द्र भएर भूकम्प
मंगलबार, भदौ १८, २०८१
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रविन्दु भएर ४.२ दुई रेक्टर स्केलको भूकम्प गएको हो ।
माओवादीले प्रदेश समितिहरूलाई परिपत्र गर्दै भन्यो: सडक आन्दोलनका लागि तयार रहनू
सोमबार, भदौ १७, २०८१
माओवादी केन्द्रले सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलन गर्नुपर्ने भन्दै त्यसका लागि तयार रहन प्रदेश समितिहरुलाई परिपत्र गरेको छ ।
किसानलाई भुक्तानी गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिने
सोमबार, भदौ १७, २०८१
अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थ मन्त्रालयले ६० करोड ऋण लिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई...
१२७.३२ अंकले बढ्यो नेप्से परिसूचक
सोमबार, भदौ १७, २०८१
साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज १२७.३२ अंक बढेर २८२३.२५ बिन्दुमा नेप्से पुगेको छ ।
झाडापखालाबाट एकै दिन चार जनाको मृत्यु
सोमबार, भदौ १७, २०८१
बाँकेको नरैनापुरमा झाडापखालाबाट एकै दिन चार जनाको मृत्यु भएको छ। नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाका कारण सात जना बिरामी परेका छन्