एनपिएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित
सोमबार, मंसिर १७, २०८१
प्रधानमन्त्री ओली बेइजिङमा
सोमबार, मंसिर १७, २०८१
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी बेइजिङ पुगेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
सोमबार, मंसिर १७, २०८१
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन् । उनी ७ सय ७९ मतान्तरले विजयी भएका छन् ।
प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमण आजदेखि
सोमबार, मंसिर १७, २०८१
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि यही मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण हुँदैछ ।
एनपिएल : काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
सोमबार, मंसिर १७, २०८१
पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् ।
काठमाडौँ-१६ मा रास्वपाको जित, अन्यत्र को विजयी ?
सोमबार, मंसिर १७, २०८१
काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ दुई हजार नौ सय दुई मतसहित विजयी भएकी छन् ।
सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु, पहिलो दिन नगर दर्शन
आइतबार, मंसिर १६, २०८१
आइतबारदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सवको पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन गरिएको हो ।
प्रधानमन्त्रीको चीन भ्रमण : बिपी कोइराला क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सुरु गर्ने विषयमा हस्ताक्षर हुने
आइतबार, मंसिर १६, २०८१
एमओयु (लेटर अफ एक्सप्रेसन) हुने तय भएका अन्य आयोजनामा काठमाडौँ चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत रहेका छन् ।
रुकुमपश्चिमको सानीभेरी-५ मा कांग्रेसका खत्री विजयी
आइतबार, मंसिर १६, २०८१
आइतबार सम्पन्न निर्वाचनमा खत्री ५९० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत पाएका छन् । उक्त वडामा २०७९ को निर्वाचनमा पनि कांग्रेसले जितेको थियो ।
जाजरकोटको कुशे- ७ मा कांग्रेसका सिंह विजयी
आइतबार, मंसिर १६, २०८१
जाजरकोटको कुशे गाउँपालिका - ७ मा कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन् । माओवादी केन्द्रका गोरखबहादुर घर्तीलाई पराजित गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचन : कालिकोटको तिलागुफा–४ मा नेमकिपाका शाही विजयी
आइतबार, मंसिर १६, २०८१
वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नैसोभा शाहीले एक सय १५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।
उपनिर्वाचन : दार्चुलाको दुहुँ-५ को वडाध्यक्षमा कांग्रेसका कुँवर विजयी
आइतबार, मंसिर १६, २०८१
वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मानसिंह बडालले तीन सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए ।
चितवनलाई केरा खेतीको सुपरजोन घोषणा
आइतबार, मंसिर १६, २०८१
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चितवनलाई केरा खेतीको सुपरजोन घोषणा गरेको छ । परियोजनाले चितवनसहित देशभर कृषिका २२ वटा सुपरजोन घोषणा गरेको हो । केराको सुपरजोन भने पहिलो पटक घोषणा भएको हो ।


