Mero Chitwan
रवि लामिछानेसहित ४२ जनाविरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता
रवि लामिछानेसहित ४२ जनाविरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ ।
कोशीका पूर्वमुख्यमन्त्रीमाथि झापामा मुक्का प्रहार
कोशीका पूर्वमुख्यमन्त्रीमाथि झापामा मुक्का प्रहार नेपाल प्रेस युनियनको पिकनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनीमाथि आक्रमण भएको हो। कोशी कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापासँगै सवार पार्टीका झापा सचिव कृष्ण हुमागाईंका अनुसार नेपाल विद्युत् प्राधिकरणको गाडीका एक चालकले थापा सवार गाडीलाई रोकेर आक्रमण गरेका थिए।
खो खो विश्वकपको फाइनलमा नेपाल
खो खो विश्वकपको फाइनलमा नेपाल आज भारतको इन्दिरा गान्धी स्टेडियममा भएको खेलमा नेपालको महिला र पुरुष दुवै समूहले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेका हुन् । महिलातर्फ नेपालले सेमिफाइनलमा युगान्डालाई ७१ अंकले पराजित गर्‍यो भने पुरुषतर्फ नेपालले इरानलाई ५२ अंकले पराजित गरेको हो ।
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताएका हुन् । 
नवौं दिनसम्म साढे ३ लाखले अवलोकन गरे चितवन महोत्सव
नवौं दिनसम्म साढे ३ लाखले अवलोकन गरे चितवन महोत्सव १५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको महोत्सव माघ १० गतेसम्म चल्ने छ ।
राप्ती र नारायणी भेटिए ३५२ घडियाल गोही
राप्ती र नारायणी भेटिए ३५२ घडियाल गोही राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि  कुटपिट गर्ने पक्राउ
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि  कुटपिट गर्ने पक्राउ काठमाडौँ प्रहरीले यही माघ २ गते काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उनीमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई आज  पक्राउ गरेको हो ।
रत्ननगरलाई शिक्षकहरुको पेशागत सुरक्षाबारे ध्यानाकर्षण पत्र
रत्ननगरलाई शिक्षकहरुको पेशागत सुरक्षाबारे ध्यानाकर्षण पत्र शिक्षक विज्ञापन गर्दा जे जसरी विज्ञापन माग भएको भए पनि चितवन जिल्लालाई नै एक क्षेत्र मानि जिल्लाभित्रका रिक्त दरबन्दीमा प्रतिक्षारत स्थायी शिक्षक नियुक्ति गर्नु पर्ने र स्थायी शिक्षक नियुक्ति गर्दा सकेसम्म कुनै पनि शिक्षक विस्थापति छन् यदि विस्थापित गर्ने पर्ने अवस्थाा सिर्जना जिल्लाभित्र कार्यरत कनिष्ठ शिक्षहरुमध्येबाट विस्थापन गर्ने नीति अवलम्बन...
पुलिसले जित्यो जय ट्रफीको उपाधि
पुलिसले जित्यो जय ट्रफीको उपाधि वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो । 
सैफ अलि खानमाथि मध्यरातमा चक्कु प्रहार, अवस्था खतराबाहिर
सैफ अलि खानमाथि मध्यरातमा चक्कु प्रहार, अवस्था खतराबाहिर खानको घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ । घटनालगत्तै उनलाई लीलावती अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा शल्यक्रियापछि उनको अवस्था खतराबाहिर रहेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उर्जामन्त्री दीपक खड्कामाथि मन्त्रालयमै आक्रमणको प्रयास !
उर्जामन्त्री दीपक खड्कामाथि मन्त्रालयमै आक्रमणको प्रयास ! मन्त्री खड्कामाथि केही दिनअघि सिंहदरबारस्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास भएको हो । बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा खड्काले आफूमाथि मन्त्रालयमै आक्रमणको प्रयास भएको बताएका हुन् । 
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
Weather Update