मकवानपुरमा कार र स्कार्पियो दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते
शनिबार, पुस २७, २०८१

रत्ननगरमा जनप्रतिनिधि र शिक्षकसँग प्रहरीको नागरिक सुनुवाइ
शनिबार, पुस २७, २०८१
इलाका प्रहरी कार्यालय रत्ननगरले ट्राफिक प्रहरी पोस्ट टाँडीको सहकार्यमा जनप्रतिनिधि र शिक्षकसँग साइबर अपराधसम्बन्धी सचेतनामूलक प्रशिक्षण एवं नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
शुक्रबार, पुस २६, २०८१
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव ०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीतिलाई पाँच दशमलव पाँच प्रतिशतको वाञ्छित...

दुम्किवासको पुल भाँचियो, पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प, प्रहरीले दियो वैकल्पिक रुट
शुक्रबार, पुस २६, २०८१
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा पर्ने दुम्किवासको विनय खोलाको पुल भाँचिएको छ । भारतीय नम्बरको एनएल ०१ ए एच ५१७९ नम्बरको लहरी ट्रकले ठक्कर दिएपछि पुल भाँचिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी जेसी शाहले बताए ।

१५औँ चितवन महोत्सव सुरु, ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई उद्योगमन्त्रीको आग्रह
बिहीबार, पुस २५, २०८१
महोत्सव उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको हो । महोत्सवका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख बढी दर्शकले अवलोकन गर्ने र रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए ।

सूर्यदर्शन सहकारी बचत अपचलन : रविसहित सात प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश
बिहीबार, पुस २५, २०८१
कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतको आदेशपछि ८४ दिनपछि रिहा भए रवि लामिछाने
बिहीबार, पुस २५, २०८१
बिहीबार साँझ जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेबाट ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय
बिहीबार, पुस २५, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

भरतपुरमा पुस २७ गते दोस्रो कौराहा प्रतियोगिता
बुधबार, पुस २४, २०८१
मगर जातिको सांस्कृतिक पर्व माघे सङ्क्रान्तिको अवसर पारेर यही पुस २७ गते प्रतियोगिता आयोजना गर्न लागेको बुधबार नारायणघाटमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

चितवन महोत्सवको उद्घाटन उद्योगमन्त्री भण्डारीले बिहान ११ बजे गर्ने
बुधबार, पुस २४, २०८१
उद्योग वाणिज्न्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनलाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने महोत्सवको लक्ष्य रहेको बताए । चितवनका पर्यटकीय स्थलहरुसम्म जान र आउनका लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबासको प्रबन्ध र पर्यटकीय स्थलहरुको वृत्तचित्र प्रस्तुतिलगायत कार्यक्रम अगाडि सारेको उनले बताए ।

चितवनका ११५ दुग्ध उत्पादक सहकारीले पाएनन् दूधकाे ८० करोड भुक्तानी
बुधबार, पुस २४, २०८१
चितवनका दुग्ध उत्पादक सहकारीले बिक्री भएको दूधको भुक्तानी नपाउँदा किसानलाई रकम भुक्तानी गर्न सकेका छैनन् । साउनयताको ८० करोड दुग्ध विकास संस्थान (डिडिसी) र निजी संस्थाहरूले भुक्तानी नदिँदा यहाँका दुग्ध उत्पादक सहकारी संस्था र किसान समस्यामा परका हुन् ।

शीतलहरबाट तराई/मधेसका जिल्लामा जनजीवन प्रभावित
बुधबार, पुस २४, २०८१
जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी तोक्दै सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कार्ययोजना बनाएर सम्बन्धित निकायलाई शीतलहर व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिँदै स्थानीय तहलाई स्रोत व्यवस्थापन गर्न म्यान्डेट दिएको बताउनुभयो...