प्रधानमन्त्री-तीन राजनीतिक दलका शीर्ष नेता पहिलो पटक आमनेसामने
मंगलबार, पुस ८, २०८२
रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्दै, रवि र बालेनबीच भेटवार्ता
सोमबार, पुस ७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ को निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई अघि सार्ने सम्भावनामा छलफल अघि बढाएको खुलासा भएको छ।
नर्भिकमा डर्मा तथा कस्मेटिक उपचारमा नयाँ वर्ष विशेष छुटको अफर
आइतबार, पुस ६, २०८२
नर्भिक इन्टरनेशनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्ष विशेष छुटको अफर ल्याएको छ।
नर्भिकले अंग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुट सञ्चालनमा ल्याएको हो।
चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी
आइतबार, पुस ६, २०८२
नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् ।
मिराज ढुङ्गाना समूहद्वारा शान्तिपूर्ण आन्दोलन घोषणा
आइतबार, पुस ६, २०८२
समूहले आज यहाँ पत्रकार सम्मेलन गरी युवाको भावनाबमोजिम सरकार सञ्चालन नभएको आरोप लगाउँदै सोमबारदेखि शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ ।
आईसीसी टी-२० विश्वकपका लागि नेपाली टिमको प्रारम्भिक टोली घोषणा
आइतबार, पुस ६, २०८२
नेपाल क्रिकेट संघ-क्यानले २४ खेलाडीलाई पहिलो चरणको बन्द प्रशिक्षणका लागि बोलाएको जानकारी दिएको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्-आईसीसीको आयोजनामा सन् २०२६ को फेब्रुअरी र मार्चमा भारत र श्रीलङ्कामा सञ्चालन हुने विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको हो।
चितवनमा रविले भने - जेन जीको साथ लिएर अब हामी देश बनाउँछौं
शनिबार, पुस ५, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देश बनाउने जिम्मा आफ्नो पार्टीको भएको दाबी गरेका छन्। शनिबार (आज) चितवनको चौविसकोठीमा विशेष सम्बोधन गर्दै सभापति लामिछानेले जेनजीको साथ लिएर अब आफूहरू देश बनाउन लाग्ने उद्घोष गरेका हुन्।
राप्ती र नारायणीमा बढे घडियाल गोही
शनिबार, पुस ५, २०८२
चितवनका दुई प्रमुख नदीहरु राप्ती र नारायणीमा दुर्लभ एवं संकटापन्न प्रजाति घडियाल गोहीको संख्या बढेको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको अनुगमन गणनाका क्रममा दुवै नदी प्रणालीमा ३६६ वटा घडियाल गोही प्रत्यक्ष रूपमा देखिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
पहिलो बैठकमा केन्द्रीय कमिटीलाई ओलीको निर्देशन : असन्तुष्टि मिडियामा नपोख्नूस्
शुक्रबार, पुस ४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विषम परिस्थितिमा पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभएको छ । पार्टीको ११ औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ उक्त जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।
रवि लामिछाने धरौटीमा रिहा
शुक्रबार, पुस ४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही अदालतबाट रिहा हुनुभएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएको थियो ।
लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ यही पुस ५ गतेदेखि
बिहीबार, पुस ३, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
बिहीबार, पुस ३, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् ।
रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बिहीबार, पुस ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बैंक जमानत स्वीकार गरी रिहा गर्न आदेश दिएको छ ।


