काठमाडौँ उपत्यकामा तापक्रम २.५ डिग्रीमा झर्यो
शनिबार, माघ १३, २०८०
प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ उपमन्त्री हायानको शिष्टाचार भेट
शनिबार, माघ १३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ ।
ट्रम्पलाई ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न अदालतको आदेश
शनिबार, माघ १३, २०८०
राष्ट्रपति रहेका बेला लेखिका ई जीन क्यारोलको मानहानी मुद्दामा अदालतले उक्त आदेश सुनाएको हो । यस्तै, अदालतले लेखिका क्यारोलको भावनामा चोट पुर्याएको र प्रतिष्ठामा ठेस पुर्याएकोमा १.८३ करोड डलर क्षर्तिपूर्ति र साढे ६ करोड डलर जरिवाना गरी ८.३३ करोड डलर तिर्न आदेश दिएको हो ।
‘समुदायमा कांग्रेस’ अभियान आजदेखि
शनिबार, माघ १३, २०८०
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सञ्चालन गरिने बताए ।
नगरका विद्यालयको अवस्था बुझ्न भरतपुरमा ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सुरु
शुक्रबार, माघ १२, २०८०
भरतपुर महानगरपालिकाले पहिलोपटक ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । विद्यार्थीका धारणा, अपेक्षा, समस्यालगायतका विषयमा प्रत्यक्ष सम्वाद गर्न महानगरले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
आईसीसी यू–१९ विश्वकप : अफगानिस्तानमाथि ऐेतिहासिक जित हात पार्दै नेपाल सुपर सिक्समा
शुक्रबार, माघ १२, २०८०
नेपाल आईसीसी अन्डर नाइन्टिन विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ । आज भएको समूहको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि एक विकेटको जित हात पारेको हो । यो जितमा आकाश चन्दले ५ विकेट लिए भने देव खनालले अर्धशतक प्रहार गरे ।
मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी
शुक्रबार, माघ १२, २०८०
मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गरेको हो
अफगानिस्तानले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य
शुक्रबार, माघ १२, २०८०
आईसीसी अन्डर नाइन्टिन विश्वकपमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ
मैयाँदेवि स्मृति यू १९ प्रदेश स्तरीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु
शुक्रबार, माघ १२, २०८०
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मैयाँदेवि स्मृति यू १९ प्रदेश स्तरीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ ।लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ
नयाँ बानेश्वरको सडक भासियो
शुक्रबार, माघ १२, २०८०
नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ ।कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो
राष्ट्रिय आविष्कार केन्द्रलाई चौरासी पूजाको खर्च सहयोग
शुक्रबार, माघ १२, २०८०
चितवनका एक ज्येष्ठ नागरिकले आफनो चौरासी पूजामा लाग्ने खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–२ क्षेत्रपुर घर भएका खिमानन्द पौडेलले आफ्नो ८४ पूजामा गरिने खर्च रु तीन लाख ६५ हजार केन्द्रका सञ्चालक समितिका सदस्य हरि सिलवाललाई हस्तान्तरण गरेका छन्
समुदायमा कांग्रेस अभियान माघ १३ गतेदेखि
बिहीबार, माघ ११, २०८०
अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने पार्टी कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचन : यी हुन् विजयीहरु
बिहीबार, माघ ११, २०८०
आज भएको राष्ट्रिय सभा निर्वाचन अधिकांश स्थानमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।


