Mero Chitwan
नयाँ बानेश्वरको सडक भासियो

काठमाडौं : नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ ।कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो ।सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ ।नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएका थिए।अहिले ट्राफिक र नेपाल प्रहरी भएर बसलाई हटाउन लागेका छन् ।

सो सडक खण्ड यसअघि पनि पटक पटक भासिएको थियो ।  

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update