८ वर्षमा पनि सकिएन भरतपुरको बाइपास सडक
बिहीबार, माघ १८, २०८०
विनोद चौधरीका भाइ अरुण पक्राउ
बिहीबार, माघ १८, २०८०
अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो।
कलेजो प्रत्यारोपण अब नेपाली चिकित्सकबाटै
बिहीबार, माघ १८, २०८०
नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण गर्ने गरिएकामा अब नेपालमै नेपाली चिकित्सिकले नै यो काम गर्ने भएका हुन् ।
यो हो विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा, कति शक्तिशाली छ यो ?
बिहीबार, माघ १८, २०८०
चिलीमा विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा जडान गरिएको छ, जसले एकै पटकमा हजारौं ताराहरूको फोटो खिच्न सक्नेछ। २.८ मेट्रिक टन तौल भएको यो क्यामेरा कार जत्तिकै ठूलो छ।
जुम्लामा हिमपात, किसान दंग
बिहीबार, माघ १८, २०८०
यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।
सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा
बिहीबार, माघ १८, २०८०
चितवनको सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।
आईसीसी यू–१९ विश्वकप : सुपरसिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
बुधबार, माघ १७, २०८०
आईसीसी अन्डर नाइन्टिन विश्वकपको सुपर सिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १७० रनको लक्ष्य बंगलादेशले २५ ओभर दुई बलमा पूरा गरेपछि नेपाल पराजित भयो ।
पेट्रोलियम पदार्थमा मूल्य वृद्धि : पेट्रोलमा ४ र ग्यासमा १५ रुपैयाँ बढ्यो
बुधबार, माघ १७, २०८०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । आज बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।
सामसङको ग्यालेक्सी एस २४ सिरिज चितवनमा पनि सार्वजनिक, के छन् विशेषता ?
बुधबार, माघ १७, २०८०
यसलाई सामसङले एआईको नयाँ युगको सुरुवात भनेको छ । कम्पनीले प्रयोगकर्ताका अनुभवहरू अभिवृद्धि गर्न, जहाँसुकै, जुनसुकै बेला निर्बाध सञ्चारलाई सक्षम पर्न ग्यालेक्सी एआईले नवीन एआई सुविधा प्रदान गरेको जनाएको छ ।
भक्तपुरमा विद्युत् चोरीको आरोपमा साउनयता ३३१ जनालाई कारबाही
बुधबार, माघ १७, २०८०
विद्युत् चुहावट नियन्त्रणमा भक्तपुरले निकै सुधार गरेको छ । ९ वर्षअगाडिसम्म ६२ प्रतिशतसम्म विद्युत् चुहावट रहेको भक्तपुरमा नेपाल विद्युत् प्राधिकरणको सक्रियतासँगै चुहावट ७.०४ प्रतिशतमा सीमित भएको छ
बसको ठक्करबाट कांग्रेसका नेता पौडेलको निधन
बुधबार, माघ १७, २०८०
बसले ठक्कर दिँदा कांग्रेस नेता एवम पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ । उनी सवार मोटरसाइकललाई नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमै मत्यु भएको हो ।
संरक्षण पर्खिरहेको माडीको लव र कुश हुर्किएको वाल्मीकि आश्रम
बुधबार, माघ १७, २०८०
वाल्मीकि आश्रम जान त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारिपट्टि भारतको वाल्मीकि नगर हुँदै जानुपर्छ । नेपालतर्फबाट चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको वाल्मीकि आश्रममा जाने बाटो नभएकाले गण्डकी प्रदेशबाट गण्डक ब्यारेज हुँदै भारतको वाल्मीकि नगर पुग्नुपर्ने बाध्यता छ ।
पुनः सञ्चालन होला त हेटौंडा कपडा उद्योग ?
बुधबार, माघ १७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन्


