Mero Chitwan
सामसङको ग्यालेक्सी एस २४ सिरिज चितवनमा पनि सार्वजनिक, के छन् विशेषता ?

चितवन : सामसङले बुधबार चितवनमा पनि ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको छ । चार दिन अघि काठमाडौंमा सार्वजनिक गरेको सामसङले बुधबार चितवनमा यो ब्राण्ड सार्वजनिक गरेको हो । 

यसलाई सामसङले एआईको नयाँ युगको सुरुवात भनेको छ । कम्पनीले प्रयोगकर्ताका अनुभवहरू अभिवृद्धि गर्न, जहाँसुकै, जुनसुकै बेला निर्बाध सञ्चारलाई सक्षम पर्न ग्यालेक्सी एआईले नवीन एआई सुविधा प्रदान गरेको जनाएको छ ।  

एस२४ सिरिज अन्तर्गत तीन मोडेल एस२४, एस२४ प्लस र एस२४ अल्ट्रा रहेका छन्। नेपाली बजारमा यो सिरिजका फोन विभिन्न चार भेरियन्टमा खरिद गर्न सकिनेछ।

कस्तो छ ग्यालेक्सी एस २४ सिरिज ?

कम्पनीका अनुसार यो सिरिजले सात पुस्तासम्मको ओएस अपग्रेड र सात वर्षसम्म सेक्युरिटी अपडेट पाउनेछ । अर्थात् एस२४ सिरिज खरिद गर्ने प्रयोगकर्ताले एन्ड्रोइड २१ सम्म अपडेट गर्न सक्नेछन् ।

एस २४ सिरिजमा कम्पनीले विभिन्न एआई फिचर समावेश गरिएको छ । यो सिरिज खरिद गर्ने प्रयोगकर्ताले सामसङका नयाँ एआई फिचर जस्तै; लाइभ ट्रान्सलेट, इन्टरप्रेटर, च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट, सर्कल टु सर्च लगायतका फिचरमा पहुँच पाउनेछन् ।  यसमा कम्पनीले ‘प्रो भिजुअल इन्जिन’ समावेश गरेको छ । एआईद्वारा सञ्चालित प्रो भिजुअल इन्जिनले प्रयोगकर्ताले चाहे अनुसार फोटोलाई स्तरीय बनाउने कम्पनीले जनाएको छ । 

कम्पनीले एस २४ सिरिजको टप भेरियन्ट ग्यालेक्सी एस२४ अल्ट्रामा चार ओटा क्यामेरा समावेश गरेको छ । त्यसमा पाँच गुणासम्मको अप्टिकल जुम लेन्स दिइएको छ ।  त्यस्तै यो सिरिजलाई कम्पनीले नाइटोग्राफी फोनका रूपमा अपग्रेड गरेको छ । यसको सहायताले प्रयोगकर्ताले जस्तोसुकै लाइट भएको अवस्थामा पनि जुम गरेर स्तरीय फोटो तथा भिडिओ खिच्न सक्ने कम्पनीको दाबी छ । 

collage-1-2-560x280-1706706280.jpg

कम्पनीले एस२४ अल्ट्रामा अहिलेसम्मकै शक्तिशाली चिपसेट स्न्यापड्रागन ८ जेन थ्री समावेश गरेको छ । त्यस्तै गेमिङका लागि कम्पनीले हार्डवेयर तथा सफ्टवेयरमा सुधार गरेको जनाएको छ ।

एस२४ अल्ट्रामा गेम खेल्ने प्रयोगकर्ताका लागि त्यसमा अप्टिमल थर्मल कन्ट्रोल सिस्टम समावेश गरिएको छ । भ्यापर च्याम्बरको तुलनामा यो सिस्टम १.९ गुणा ठूलो भएको कम्पनीको भनाइ छ । एस२४ अल्ट्रामा ६.८ इन्च फ्ल्याट डिस्प्ले, एस२४ प्लसमा ६.७ इन्च र एस२४ मा ६.२ इन्चको डिस्प्ले दिइएको छ । कम्पनीका अनुसार एस२४ अल्ट्रामा भएको जत्तिकै ग्यालेक्सी एस२४ प्लसले पनि क्यूएचडी प्लस सपोर्ट गर्छ । 

पाँच गुणा जुम क्षमता भएको यी सिरिजका फाेनमा चार ओटा क्यामेरा दिइएको छ । त्यसमध्ये एस२४ अल्ट्रामा २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ भने एस२४ र एस२४ प्लसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।

मूल्य र उपलब्धता

नेपालमा माघ ३, २०८० देखि ग्यालेक्सी एस२४ शृङ्खलाका लागि प्रि–बुक खोलिएको थियो र यसको प्रतिक्रिया अत्याधिक थियो । यस दौरानमा सामसङले एनसेलसँग सहकार्य गरी पहिलो ५०० ग्राहकलाई प्रिमियम सिम पनि प्रदान गरेको छ । सबै प्रि–अर्डर स्टकहरू यसको घोषणा भएको ३ दिन भित्र बुक गरिएको थियो । अब डिभाइसहरू माघ २४ गतेबाट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २४ सिरिजको मूल्य एक लाख ९९ हजार ९९९ देखि एक लाख १९ हजार ९९९ रुपैयाँसम्म तोकिएको छ ।

देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ का नयाँ फोनहरु फाइनान्स सेवाको साथमा शून्य प्रतिशत ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

2x1-Samsung-Galaxy-S24-Series-KV-1706706379.webp

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update