Mero Chitwan
विनोद चौधरीका भाइ अरुण पक्राउ

काठमाडौं- अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो। चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन्

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हिनामिनाको आरोपमा सीआईबीले चौधरीलाई पक्राउ गरेको हो। सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिनामा चौधरी संलग्न रहेको पाइएको सीआईबीले जनाएको छ। सोही कसुरमा उनलाई पक्राउ गरिएको हो। 

चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ। उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोदकुमार चौधरी, अरूणकुमार चौधरी लगायत रहेका थिए।  मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापालाई पक्राउ गरिएको छ । थापालाई बत्तीसपुतलीस्थित निवासबाट पक्राउ गरिएको हो ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update