बैंकको ऋण तिर्दिनँ भन्नेलाई छाड्दैनौं : अर्थमन्त्री पुन
बिहीबार, फागुन २४, २०८०
२०७४ मा म पराजित हुँदा माडीलाई ठूलो घाटा भयो : विक्रम पाण्डे
बिहीबार, फागुन २४, २०८०
चितवन क्षेत्र नम्बर ३ का सांसद एवं पूर्वमन्त्री विक्रम पाण्डेले '२०७४ को संसदीय चुनावमा आफू पराजित हुनु माडीका लागि ठूलो घाटा' भएको बताएका छन् ।
म बेदाग भएर खुसीसाथ मन्त्रालयबाट निस्किए : पूर्व मन्त्री किराती
बिहीबार, फागुन २४, २०८०
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफूमाथि कुनैपनि दाग नलागेको बताउनुभएको हो। उहाँले आफू मन्त्रालयबाट बेदाग भएर खुसीसाथ निस्किएको बताउनुभयो
साफ यु–१६ महिला च्याम्पियनसिप : नेपाल प्रतियोगिताबाट बाहिरियो
बिहीबार, फागुन २४, २०८०
नेपाल राजधानीमा जारी साफ यु–१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो
तेह्र वर्षीया बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद
बिहीबार, फागुन २४, २०८०
बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो...
बाँकेमा चिर्पटले हानेर एक जनाको हत्या
बिहीबार, फागुन २४, २०८०
बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका–५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल
बिहीबार, फागुन २४, २०८०
दाहालले कांग्रेसले गठबन्धनको मानमर्दन गरेकाले नयाँ सत्ता गठबन्धन बनाउनु परेको पनि बताए । 'महासमितिको बैठकमा जसरी धर्मका नाममा हस्ताक्षर चलाइयो । त्यसले गर्दा कांग्रेसप्रति आशंका भयो' प्रधानमन्त्री दाहालले भने,'माओवादी आन्दोलनको बिद्रुपीकरण गरियो ।
जसपालाई दुई मन्त्रालय, उपेन्द्र यादव स्वास्थ्यमन्त्री
बिहीबार, फागुन २४, २०८०
जनता समाजवादी पार्टी (जसपा) दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ । आज बसेको जसपाको कार्यकारिणी समितिको बैठकले जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेकाे हाे । यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।
कांग्रेस संसदीय दलको निस्कर्ष : दाहालले राजनीतिक बेइमानी गरे
बिहीबार, फागुन २४, २०८०
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । आज संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दाहालले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन् ।
के छन् नवनियुक्त मन्त्रीका पहिलो निर्णय र प्रतिबद्धता ?
बुधबार, फागुन २३, २०८०
नवनियुक्त मन्त्रीहरुले बुधबारै आ–आफ्ना मन्त्रालयमा गएर पद सम्हालेका छन् । उनीहरुले पदभार ग्रहण गर्नेक्रममा विभिन्न निर्णय गरेका छन् । के हुन् त ती निर्णय ?
हिउँमा फसेका आठै जनाको सकुशल उद्धार
बुधबार, फागुन २३, २०८०
जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि हेलिकप्टरबाट उद्घार गरिएको छ
टी-ट्वेन्टी क्रिकेट विश्वकप तयारीका लागि अर्थ मन्त्रालयले गर्यो ५ करोड निकासा
बुधबार, फागुन २३, २०८०
आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले पाँच करोड रुपैयाँ निकासा गरेको छ ।
नवनियुक्त १६ मन्त्रीले लिए शपथ
बुधबार, फागुन २३, २०८०
नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच तीन जना उपप्रधानमन्त्रीसहित १६ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्


