Mero Chitwan
रवि लामिछानेको बचाउमा प्रधानमन्त्री, भने–सहकारी ठगीको आरोपमा रविको गल्ती देखिएको छैन

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी ठगीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा उत्रिएका छन् । 

सदनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन गर्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरिरहेका बेला दाहाल उनको बचाउमा उत्रिएका हुन् । 

कान्तिपुर टेलिभिजनमा सोमबार साँझ प्रसारित कार्यक्रम फायरसाइडमा प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेमा सहकारी ठगीमा निर्दोष रहेको दाबी गरेका हुन् । ‘रविका बारेमा चर्चा भएजस्तो कतै प्रमाण छैन, उजुरी नै परेको आधारमा मन्त्री बन्न नहुने र मन्त्री नै छाड्नुपर्छ भन्ने हुँदैन,’ उनले भनेका छन्, ‘अनुसन्धानकर्ता (सहकारी ठगीका)सँग बुझ्दा रविको गल्ती देखिएको छैन ।’

fireside-1710781306.JPG

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको आफ्नो अफर स्वीकार गर्दै हिड्ने र आफ्नो पक्षमा आएन भनेर हटाउनै पर्छ भन्ने कांग्रेसमा नैतिकताको खडेरी परेको आरोप पनि लगाए । 

काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाउनुपर्छ भन्ने अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गर्ने तयारी भएको भन्ने जनमत पार्टीका अध्यक्ष सीके राउतले अघिल्लो साता दिएको अभिव्यक्तिको भने दाहालले खण्डन गरे । बालेनको अभिव्यक्तिपछि सिंहदरबारमा बैठक बसेर स्पष्टीकरण माग्ने कि के गर्ने भनेर छलफल भएको तर, पक्राउ गर्नेबारेमा चर्चा नभएको उनले बताए । 

दाहालले केही दिनपछि सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पनि बताए । जोसुकै पार्टीका जुनुसकै नेता दोषी भएको भए पनि नछाडिने उनको भनाइ छ । दोषीलाई कारबाही गर भन्दा पनि सीआइबीले नटेरेको आरोप पनि उनले लगाए । 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update