भक्तपुरमा विद्युत् चोरीको आरोपमा साउनयता ३३१ जनालाई कारबाही
बुधबार, माघ १७, २०८०

बसको ठक्करबाट कांग्रेसका नेता पौडेलको निधन
बुधबार, माघ १७, २०८०
बसले ठक्कर दिँदा कांग्रेस नेता एवम पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ । उनी सवार मोटरसाइकललाई नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमै मत्यु भएको हो ।

संरक्षण पर्खिरहेको माडीको लव र कुश हुर्किएको वाल्मीकि आश्रम
बुधबार, माघ १७, २०८०
वाल्मीकि आश्रम जान त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारिपट्टि भारतको वाल्मीकि नगर हुँदै जानुपर्छ । नेपालतर्फबाट चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको वाल्मीकि आश्रममा जाने बाटो नभएकाले गण्डकी प्रदेशबाट गण्डक ब्यारेज हुँदै भारतको वाल्मीकि नगर पुग्नुपर्ने बाध्यता छ ।

पुनः सञ्चालन होला त हेटौंडा कपडा उद्योग ?
बुधबार, माघ १७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन्

सौराहा आउने पर्यटकको रोजाइमा ढुङ्ग्रेखोलाको डुङ्गा शयर
बुधबार, माघ १७, २०८०
जनकौली मध्यवर्ती सामुदायिक वनको अध्यक्ष जोगेन्द्र महतो खोलामा डुङ्गा शयर गर्दा गोही, डेढ सय बढी प्रजातिका माछा, अजिङ्गर चाराचुरुङ्गी र वन्यजन्तु हेर्न सकिने बताए । “यहाँ पानी खान र आहाल खेल्न आएका गैँडा प्रशस्त देखिन्छ”, उन्ले भने, “डुङ्गामा चढेर वन्यजन्तुको अवलोकन गर्न पाउँदा पर्यटकहरू खुसी हुन्छन्

आगामी तीन दिनको मौसम : अधिकांश स्थानमा बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात
बुधबार, माघ १७, २०८०
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

किसानको विरोधपछि दूधकाे अनुदान रकम कटौतीको निर्णय स्थगन
मंगलबार, माघ १६, २०८०
दूधमा दिँदै आएको उत्पादनमा आधारित अनुदान रकम कटौतीको विरोधमा किसान आन्दोलित भएपछि बागमती प्रदेश सरकारले निर्णय स्थगन गरेको छ । किसानहरुले मंगलबार बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा तालाबन्दी गरी धर्ना दिएपछि सरकारले निर्णय स्थगन गरेको हो ।

अव्यावहारिक कर खारेजीको माग गर्दै माघ २२ गते देशभरका हल बन्द
मंगलबार, माघ १६, २०८०
चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा यही माघ २२ गते देशभरका हलहरु बन्द गरिने भएको छ । हल व्यवसायी तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले मंगलबार जारी गरेको विज्ञप्तिमा मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा एक दिन हल बन्द गर्न लागिएको जनाइएको...

युट्युबर मनोज मानव पक्राउ
मंगलबार, माघ १६, २०८०
नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबर मनोज मानवलाई पक्राउ गरेको छ । व्यक्तिगत जीवनमा असर पार्ने झुटो विवरण राखेर युट्युब भिडियो बनाएर आफ्नो चरित्र हत्या गरेको भनेर पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले मनोज मानव भन्ने मनोजकुमार महतोलाई पक्राउ गरेको हो ।

देवघाटधाम र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सुरु
मंगलबार, माघ १६, २०८०
गत शुक्रबारदेखि बिहान ११ बजेदेखि ३ बजेसम्म आवागमन रोकेर पुल मर्मतको काम भइरहेको छ । यो महिनाभित्रमा पुलको नट परिवर्तन, कस्ने काम, भुईको पाता परिवर्तन, जाली परिवर्तन जस्ता मर्मतका काम सम्पन्न गर्ने थापाले जानकारी दिए ।

कतार पठाउँछु भनेर ठगी गरी फरार भएका व्यक्ति पक्राउ
मंगलबार, माघ १६, २०८०
कतार पठाउँछु भनेर करिब ३ लाख लिएर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–२ घर भएका २४ वर्षीय मनोजकुमार साह छन्

मालपोतका शाखा अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति
मंगलबार, माघ १६, २०८०
मालपोतका एक शाखा अधिकृतले ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ

हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एकजनाको मृत्यु, स्थानीय आन्दोलित
मंगलबार, माघ १६, २०८०
सिरहाको नरहा गाउँपालिका-२ स्थित हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एक जना युवाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका-११, बस्तीपुरका ३२ वर्षीय अशोक दासको चिसोले कठ्यांग्रिएर मृत्यु भएको परिवार र आफन्तले बताएका छन्