Mero Chitwan
भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन

चितवन  : भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन भएको जनाएको छ ।शनिबार एक विज्ञप्ती जारी गर्दै महानगरपालिकाले चैत्र १६ गते चितवन उद्योग संघको सभाहलमा भ्रमण वर्ष–२०२४ मूल समारोह समितिको बैठकमा फागुन १८ गते नारायणी नदी किनार प्रर्दशनी किनारमा भएको उद्घाटन कार्यक्रमको प्रतिवेदन पेश गरेको थियो । बैठकले उद्घाटन कार्यक्रम अभूतपूर्वरुपले सम्पन्न भएको निष्कर्ष निकाल्दै पेश भएको प्रतिवेदन सर्वसम्मतरूपले अनुमोदन गरेको थियो।

कार्यक्रमको समुद्घाटन हुनुपूर्व महानगरका विभिन्न वडाहरूबाट विविध समूहको सहभागिता रहेको बृहत् ¥यालीसहित झाँकी प्रदर्शन भएको र विहान ११.०० बजेबाट शुरु भई दिउँसो ३.०० बजेसम्म जारी ¥यालीमा महानगरको विविधता झल्कने गरी उत्साहजनक सहभागिता रहेको थियो । करिब एक लाख भन्दा बढी भरतपुर महानगरवासीको उपस्थितिमा “भरतपुर भ्रमण वर्ष, २०२४” को उद्घाटन समारोह सञ्चालन भएको महानगरले विज्ञप्तीमा उल्लेख गरेको छ ।

यस्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूबाट पूर्व प्रधानमन्त्रीज्यूहरु, पूर्व उपप्रधानमन्त्री, प्रतिनिधि सभा राष्ट्रिय सभा तथा प्रदेशका माननीय सदस्यहरू लगायत विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थितिका बीच “भरतपुर भ्रमण वर्ष, २०२४” को भव्य र सभ्य रुपमा समुद्घाटन भएको कुरा सर्वविदितै छ–विज्ञप्तीमा भनिएको छ ।

समुद्घाटन कार्यक्रममा देखिएको अभूतपूर्व उल्लास र उत्साहलाई कायम गर्दै भरतपुर भ्रमण वर्ष २०२४ लाई आगामी दिनमा पनि सोही रुपले निजी क्षेत्र, आम महानगरवासी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा रहेका शुभचिन्तकहरूको साथ, सहयोग र सक्रियताका लागि हार्दिक अपिल गर्दछौं–महानगरद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update