Mero Chitwan
त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजमा नेपाल ८ विकेटले विजयी

काठमाडौं : फ्रेन्डसिप कपअन्तर्गत त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ ।

भारत भ्रमणमा रहेको नेपालले आज भारतको प्रादेशिक टोली गुजरातसँगको खेलमा टस जितेर फिल्डिङ रोजेको थियो । भारतको गुजरात टिमले १८औं ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ९८ रन मात्र बनायो ।

९९ रनको लक्ष्य पाएको नेपालले २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालले दोस्रो खेल भोलि (सोमबार) बरोडासँग खेल्नेछ ।

रोहित पौडेलको कप्तानीमा नेपाल मैदानमा उत्रँदा गुजरातको नेतृत्व उमंग कुमारले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update